नगर प्रमुख आइतमान तामाङले आइतवार वहाँको कार्यकक्षामा बैंकरहरु संग सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा कसरी प्रभावकारी र सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको छ ।
नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, वडाध्यक्षहरु लगायतको उपस्थित रहेको सो छलफलमा बैंकर संग सामाजिक सुरक्षा भत्ता सुविधा लिनेमा बृत र अपाङगता भएको हुने हुँदा लाभग्राही सम्म भत्ता पुग्न नसकेको गुनासो आएको हुँदा त्यसलाई कसरी प्रभावकारी र सहज रुपमा वितरण गर्न सकिन्छ, गम्भिर भएर सहयोग गर्न आग्रह गर्नु भएको थियो । उक्त छलफलमा नेपाल बैंक, कृषि बिकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र सिन्धु विकास बैंकका शाखा प्रमुखहरुको उपस्थित रहेको छलफलमा लक्ष्मी बैंकका शाखा प्रमुखले हामी छिट्टै स्मार्ट कार्ड सिस्टममा जान लागेको हाललाई वडा नं १० मा परिक्षणको रुपमा शुरु गर्न लागेको जानकारी गराएका थिए । साथै अन्य बैंकका शाखा प्रमुखहरुले पनि स्मार्ट कार्ड सिस्टम जाँदा सुरक्षित र प्रभावकारी हुने भएको हुँदा हामी त्यसको थालनीको लागी केन्द्र संग छलफल चलि रहेको बताएका थिए ।