सम्पर्क

स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक मेलम्चीमा

स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक एवम् वार्षिक समिक्षा कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, शिक्षा शाखा प्रमुख रबि प्रसाद शर्मा, शिक्षा अधिकृत सुदिनराज बुढाथोकी, बिषयगत शाखा प्रमुख, परियोजना सन्चालन भएका वडा अध्यक्ष र विद्द्यालयका प्रधानाध्यापकहरु, जर्मन नेपाल सहयोग संघ र आर्थिक साझेदारीमा “बिकासका लागि एकता ” लगायतका पदाधिकारीको उपस्थितिमा सम्पन भएको छ । जर्मन नेपाल सहयोग संघका शिक्षा अधिकृत ठाकुर प्रसाद पौडेल, बिकासका लागि एकताका कार्यकारी निर्देशक प्रदिप हुमागाईले आ-आफ्नो योजना बारे आगामी योजना र भैरहेको परियोजना सम्बन्धमा गहन प्रस्तुतीकरण दिनु भएको थियो । प्रशासकीय प्रमुख अमृत कुमार धितालले कार्यक्रमलाई समापन गर्दै सहयोगी दातृनिकायहरुले निष्पक्ष र अभिभावकत्वको भुमिकाह निर्वाह गरी सेवा मुलक कार्य गरेमा नगर सदैव यहाँहरुको साथ रहने बताउनु भएको थिए । उक्त परियोजना नगरको ९ वटाका वडाका १९ वटा सामुदायिक विद्यालयमा सहकार्य गर्दै आई रहेको छ ।