पृथ्बी जगं पाण्डे
सिन्धु पाल्चोक जिल्लाको पिस्करर त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर मा एक्कासि माथिबाट पहिरो खस्दा एक बटुवाको घटनास्थलमा नै मृत्यु भएको छ ।
स्थानीय मंगलामाइ माबिमा कक्षा ११ मा अध्यपनरत बर्ष १७ का अमित थामी को पुरानो पिस्कर स्थित बुसुन्डोल खोलाको पहिरोमा परी मृत्यु भएको हो।हिजो मामाघर आमा र बहिनि सहित मुलाबारी गएका थिए ।आज आफ्नो घर पिस्कर माझटोल आमा स्वस्थानि र बहिनि अमृता सहित घर फर्कदा अमित अघिअघि थिए ।बुसुन्डोल को ठाडो खोलामा आए पछि उनिलाइ माथिबाट आएको पहिरोले एक्कासि लागि टाउको र एउटा हात चुडिने गरी चोट लागी घटना स्थलमा नै मृत्यु भएको हो।अहिले घटना स्थलमा प्रहरी र स्थानीय पुगेका छन भने उनि संगै आएका आमा र बहिनि सकुशल छन। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ले घटना प्रती दुख ब्यक्त गर्दै थामी परिवारलाइ तत्काल राहत स्वरुप नगद १ लाख ६ हजार रुपैयाँ ,लत्ताकपडा,खाद्यान्न,भाडाकुडा सहयोग गर्नु भएको छ । उँहाले आपत परेको बेला सहयोग गर्नु नै आफ्नो पहीलो कर्तबय रहेको बताउँनु भयो । यो महाकालो समय भएको बताउँदै यस्तो घटना सुन्न नपरोस भन्दा पनी आज देख्न पर्यो पिडीत परिबारलाइ त दुखैकै छ आफुलाइ पनी यो घटनालेपिडा गराएको बताउँनु भयो । यस सम्बन्धमा त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले यस्तो प्रकोप कसैलाइ पनी नपरोस भन्दै गहीरो दुख ब्यक्त गर्नु भयो ।
