सम्पर्क

डडुवाको असिनेमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा पर्ने असिनेमा नेकपा एमालेको दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम भएको छ ।
नेकपा एमाले पार्टी स्थायि समिति सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं पुर्ब मन्त्री दावा तामाङ, विशेष अतिथिको रुपमा रहनु भएको थियो ।
जिल्ला सचीव रामचन्द्र बस्नेत पार्टी नेता एबं पुर्ब मेयर अमान सिं तामाङ ,प्रदेश कमिटिका नेताहरु क्रमशः इन्द्र नेपाल , बादल तामाङ ,
बालकुमारि सापकोटा, बिदुर भारती , जिल्ला कमिटी सदस्य एबं वडा इन्चार्ज राजु नेपाल ,
निर्बाचित वडाअध्यक्ष उद्धव नेपाल , पुर्ब वडाध्यक्ष शेर बहादुर श्रेष्ठ , निर्बाचित वडा सदस्यहरु , पार्टी नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा शुभकमाना आदन आदन प्रदान सहित नयाँ प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम भएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य एबं वडा इन्चार्ज युवा नेता राजु नेपालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर बहादुर तामाङ्गले स्थानीय बिकासका लागी अफुले यस क्षेत्रलाई नजिकको रुपमा हेरेको बताउनु भयो । बिगतमा पनी खानेपानी सडक जस्ता अती महत्वपुर्ण स्थानमा बजेटको ब्यवस्था गरेको बताउँदै आबश्यक परेका हरेक बिकासका कार्यक्रमहरुमा सहयोग गर्न आफु तैयार रहेको बताउँनुभयो ।
उँहाले नेकपा एमालेले गरेका बिकासका कामहरु,इमालेले गरेका ला्ेकप्रीय राष्ंिट्रय कामहरुकै कारण सबै शक्ति एकातिर भए पानी एमालेले बिजय हासिल गरेको स्पष्ट पार्नु भयो ।
उँहाले नेपालको राष्ट्रीयता , मौलकिता दिगो शान्ती र स्थानीय बिकासका लागी एमाले मात्रै जनताको पाटी भएकोले आगामी निर्बाचनमा जतीसुकै गठबन्धन गरे पनी एमालेले बहुमत ल्याउँने बताउँनुभयो ।
यसैगरि बिशेष अतिथी दावा तामाङ्गले नेकपा इमालेले गरेका कामहरुकै कारण आगामी दिनमा पनी एमालेले राम्रा काम
गर्छ भनेर जनताले बिश्वास गरिरहेको बताउँनु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष कमल नेपालले सिन्धुपाल्चोक जिल्लाको पहीलो पाटी एमाले हुने बताउँनुभयो । यसै गरि सचिब रामचन्द्र बस्नेतले एमाले प्रती नागरिकले गरेको बिश्वासलाई गुम्न नदीन नेतृत्व चनाखो रहेको बताउँनु भयो ।
कार्यक्रममा नेता अमान सिं तामाङले माओबादीहरु नारा लगाउँन झुटा कुरा गर्न र अरुलाई फकाउँन सिपालु झन तर जनताका कामगर्न मान्दैनन् भन्दै आफु नगर प्रमुख हुँदा सबैलाई समेटेर काम गरेको , जती गरे पनी माओबादी नसुध्र्रेकोले आफुले माओबादी छोडेर एमालेमा आएको र आगामी निर्बाचनमा एमालेलाइ देशकै पहिलो पाटी बनाउँन लागी परेको बताउँनु भयो ।
कार्यक्रममा वडाध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता उद्धव प्रसाद नेपाल नजिकिदै गरेको विजय दशमी तथा तिहार छठ पर्वको शुभकामना मन्तव्य राख्दै आगमी मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय विकासको लागि एमालेलाई मत दिएर विजय गराउन समेत अनुरोध गर्नुभयो ।