सम्पर्क

सिन्धुपाल्चोक १ काँग्रेसले नपाए स्थानीय तह सहीत काँग्रेसका पदहरु खाली ?

 

 

सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागाएको र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १मा काँगे्रसको भागमा नपर्ने समाचार बाहीरआए पछी मंगलबार दिन भर जसो क्षेत्र नं १का काग्रेस नेता तथा कार्यकर्ताहरुको बिचमा छलफल शुरु भएको समाचार प्राप्त भएको छ। काठमाण्डौमा भने जिल्लाका सभापती सहीतका नेताहरु बिच छुट्टै छलफल भएको बुझिन आएको छ । छलफलमा नेपाली काँग्रेसलाइ जिल्लामा पहीलो पाटी बनाउँन दिन रात खटेरलाग्नु भएका बिकासे नेता मोहन बहादुर बस्नेत नै मुख्य भएको तर उँहाले नै टिकट पाँउनु भएन भने काँग्रेसको जिममेवारी पदमाबस्न उचित नहुने निस्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिनु भयो । उँहाका अनुसार पाटीका सबै टोल इकाइ वडा पालीका प्रदेस क्षेत्र र जिल्लाकार्य समितीले समेत राजीनामा दिने र १ नं क्षेत्रमा निर्बाचीत प्रमुख उप प्रमुख सहीत जिल्ला सम्मन्वय प्रमुख सहीत निर्बाचित जनप्रतिनिधीहरुले समेत राजीनामा दिएर पाटी पदबाट अलग हुने सम्मको सहमती भएको थाहा भएको छ । नेपाली काँग्रेस नेता बिश्वेश्र कोइरालाले पनी नेतृत्वले गल्ती गर्न लाग्दा कार्यकर्ताद्धारा खबरदारी गर्न पर्छ भन्नेभनाइलाइ पनी मध्य नजर गर्दे बिद्रोहको बाटो लिन पनी यो आबश्यकता रहेको जिल्ला स्तरिय नेताले बताउानु भएको छ । सुनकोशी गाँउपालिका वडा नं ५का वडा सभापती अधिराजकुमार बस्नेतका अनुसार सुनकोशी गाँउपालिका मात्र होइन १ नं क्षेत्रका सबै पालिकाका पाटी पदाधिकारीहरु बिच कसरी जाने भन्ने बिषयमा छलफल भइरहेको बताउानु भयो । यस सम्बन्धमा बलेफी गाँउपालिकाका उपाध्यक्ष शरु लामाले मोहन बहादुर बस्नेतको खटाइ उँहाको बिकासका कामहरुका कारण नै नेपाली काँग्रेसको तर्फबाट हामी उम्मेद्धार बनेर निर्वाचन जितेर जन प्रतिनिधीको रुपमा काम गर्न पाएका छौ । त्यस्ता लोकप्रिय नेता भएन भने पाटीलाइ समस्या पर्न सकने भएकाले बस्नेत लाइ नै उमेद्धार बनाउँन पर्ने बताउँनु भयो । मोहन बहादुर बस्नेतले उक्त क्षेत्रमा बैशाखी टेकेर भए पनी हरेक नागरिकको दुखमा साथ दिएको बिकासका हरेककाममा अग्रसर भएर ठुला ठुला योजनामा बजेट ल्याएको कारण गते माओवादी भन्दा कांग्रेस निकै बलियो रहेको कार्यकर्ताहरुले बताएका छन । बैशाख ३० गते भएको स्थानीय निर्बाचनमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख÷ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जितेको छ । यसरी अत्याधिक मत लयाँउनमा नेता बस्नेतको सक्रीयता नै मुख्य श्रोत भएको नेपाली काँग्रेस १ नं क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको ले बताउँनु भयो ।