सम्पर्क

ऐतीहासिक स्थल त्रिपुरासुन्द्रीमा दही छ्यापाछ्याप

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा पर्ने पुरानो र ऐतिहासिक स्थल तौथली बजारमा बिहीबार दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही लिएर एकले अर्कालाई दही छ्यापाछ्याप गर्दै दही जात्रा मनाइएको छ ।     जिल्लाकै पहचिान बोकेको यो ऐतीहासिक दही जात्रा बिग्रीएको मौसमका कारण पनी उत्साहजनक रुपमा मनाइएको छ । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको बध गर्नुभएको खुशीयालीमा किरातकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका पूर्वअध्यक्ष विष्णुभक्त श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार विष्णुका पूर्ण अवतार कृष्णाले होलिकालाई बध गरेर ‘होली पूर्णिमा’ मनाइएझैं यहाँ महिषको अन्त्य भएको हर्षबढाइँ मनाइएको हो ।दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिन्छ ।‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै ९तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । हजारौं संख्यामा जम्मा भएकाहरुले रमाइलोमा डुबेर बजारभर दही छ्याप्दै नाच्दै रमाउँदै गाएका थिए । नेपालमा यस्तो दही जात्रा अन्यत्र च भएको आफुलाइ थाहा नभएको र यसले त्रिपुरा सुन्दरी मात्र होइन सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रमा समेत ठुलो बिकास पुगेको त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनु भयो । गाउँपालिकाका अध्यक्ष बोहोराले बिजया दशमीको रात यहाँ वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, नागानागिनी, स्याल कहनजस्ता दर्जनौंको नृत्य जात्रा हुने गरेको बताँउनु भयो हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैंको फूलपातीबाट नै सुरु हुने गर्छ । त्रिपुरा सुन्दरीमा दही ल्याएर बाँडदा पशुपालन ब्यवसाय फष्टाउँने रोग नलाग्ने गाइ भैसी पनी चाँडै नथाक्ने भएकाले पर्सादको रुपमा ल्याइएकोृ दही एक अर्कालाइ छ्यापाछ्याप गर्ने चलन रही आएको बताइएको छ । त्रिपुरासुन्दरी मन्दीमा जो कोही पनी गएर आफुलाइ परेको समस्या समधान होस भनेर मागेको वर पुरा हुने बिश्वास गरिन्छ।