प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार हुने मनेनयन पत्र दर्ताका लागी सिन्धुपाल्चोक जिल्लामा आचार संहीता निर्माण गरि लागुगरिने भएको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको अध्यक्षतामा बसेको राजनितीदलका प्रतिनिधी सरक्षा निकाय सहीतको बैठकलेआचारसंहीता निर्माण गरेको हो ।
आचार संहीतामा मनोयन पत्र दाखीला गर्न जाने उम्मेदवारसँग बढीमा २५जना सम्म निर्वाचन कार्यलयको गेट बाहीर सम्मजान पाउँने र निर्वाचन कार्यलयको गेट भित्र भने उम्मेदवार , समर्थक र प्रस्तावक मात्र जान पाउँने ब्यवस्था गरिएको छ । शुक्रबार भएको छलफलको क्रममा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १का उम्मेदवार हरुले पिपलको बोट बाट बढीमा २५जना सम्म लिएर जिल्ला सम्मन्वयसमितीको गेटमा जान पाइने तर उक्त गेट भित्र भने तिन जना मात्र जान पाइने जिल्ला निर्वाचन अधिकारी बिकास शर्मा रिजालले जानकारी दिनु भयो उँहाका अनुसार क्षेत्र नं २को लागी पनी बढीमा २५जना सहीत पिपलको बोटबाट गुम्बा डाँडा हुँदै चौतारासाँगाचोकगढी नगरपालिकाको गेट सम्म जान पाइने र गेट भित्र भने उम्मेदवार समर्थक र प्रस्तावक मात्र जान पाइने व्यबस्था गरिएको छ । शुक्रबार भएको छलफल अनुसार आइतबार बिहान ११ बजे राष्टीय स्वतन्त्र पाटी,११ः३०बजेराष्टीय प्रजातन्त्र पाटी,२बजे नेकपा एमाले २ः३० बजे मगंोल नेशनल अर्गनाइजेशनपाटी३बजे नेपाल मजद्ुर किसान पाटी र३ः३०मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा माओबादी,नेकपा समाजबादीका उम्मेदवार हरुले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । सुरक्षा ब्यवस्था र निर्वाचन ब्यवस्थालाइ सहज बनाउँनका लागी पनी यो आचारसंहीता निर्माण गरेर लागु गरिएको निर्वाचन अधिकारी रिजालले जानकारी दिनु भयो । उँहाका अनुसार अरु दल तथा स्वतन्त्र उम्मेदवारहरुले उल्लेखित समयमा नजुधाइकन समर्थक र प्रस्तावक सहीत मनोनयन पत्र दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ ।यसै बिच निर्वाचन आयोगले निर्वाचित हुने (प्रत्यक्षं) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्र रहेको जनाएको छ । आयोगले सूचना जारी गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन पत्र समयबारे जानकारी गराएको हो । मनोनयन पत्रसँगै उम्मेदवारहरूले उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा , प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा,दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र ९प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (७ बमोजिम), धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर, स्वघोषणा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (६ बमोजिम) , उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को अनुसूची(बमोजिम),उम्मेदवारको वैयक्तिक विवरण फाराम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (१० बमोजिम)का कागजातहरू संलग्न गर्नुपर्ने आयोगले जानकारी गराएको छ ।
