सम्पर्क

मेलम्ची लगाएत लाइ काठमाण्डौको स्वागत

काठमाडौं महानगरपालिका द्वारा आयोजित इन्द्रजात्राको पुर्वसन्ध्यमा बिहीबारकाठमाडौंको होटल सोल्टीमा भगिनी सम्बन्ध रहेको नगरपालिका र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरुलाई विविध संस्कृतिक कार्यक्रम सहित स्वागत गरेको छ । यही क्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ्ग लगाएत लाइ स्वागत गरिएको थियो । देश तथा विदेशमा आफ्नो भगिनी सम्बन्ध रहेका नगरपालिका र गाउँपालिकाहरुलाई इन्द्रजात्राको अवसर पारेर आमन्त्रण गरेका महानगरले इन्द्रजात्रा सहित ४ दिन सम्म काठमाडौंको विभिन्न ठाउँको संस्कार, संस्कृति लगायत पुरातात्त्विक कलाहरुको अवलोकन गराउने कार्यक्रम रहेको छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोकाको दरबार क्षेत्रमा हुने इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। जसमा राष्ट्र प्रमुखरुको पनि अनिवार्य उपस्थित हुने प्रचलन रहेको छ।