सम्पर्क

जसपाको कर्णाली खसान राष्ट्रिय समितिका साथैबिभिन्न समिती गठन

जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति ÷कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ मुख्य सचिवमा चन्द्रकला विक, सचिवहरुमा खेमराज अर्याल, सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय, हरिलााल बाङगघरे र फत्तबहादुर सोती रहेका छन् भने समितिको कोषाध्यक्षमा कर्णवीर विक रहनु भएको जसपाले जनाएको छ ।यसै गरी समितिको सदस्यहरुमा गणेशबहादुर नेपाली, कृपाराम बस्नेत, विष्णा शाही, विक्षा खत्री, चित्रबहादुर वली, अमर खत्री, राजबहादुर भाम र तिलक बस्नेत रहनु भएको छ। यसै गरीजसपाको सुदुरपश्चिम प्रदेश खसान राष्ट्रिय समिति गठन भएको छ जनता समाजावदी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको जसपाले जानकारी दिएको छ ।समितिको उपाध्यक्षमा भूमिप्रसाद भण्डारी, बसन्त खड्का, सचिवमा भोजराज जोशी र सदस्यहरुमा श्रीचन्द्र श्रेष्ठ, दीपक दुवाल, सिद्दराज पन्त, नरभान पार्की, मना नेपाली, हरिष कडायत, धनबहादुर थापा र मञ्जु साकी रहनु भएको छ ।
भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्की, विशेष अतिथिमा राजनीतिक समिति सदस्य तथा खसान राष्«िटय समन्वय समितिका इन्चार्ज प्रेमनारायण थापा, राजनीतिक समिति सदस्य तथा खसान राष्ट्रिय समन्य समितिका अध्यक्ष हेमन्त माण्डब्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।जसपाको विधान अनुसार कर्णाली प्रदेश समितिका सबै जिल्लाहरु रहेको कर्णाली खसान राष्ट्रिय समिति र सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला बाहेकको जिल्लाहरुलाई सुदुरपश्चिम प्रदेशको खसान राष्ट्रिय समिति बनाइएको छ । यी दुबै राष्ट्रिय समितिबाट समन्वय समिति बनाउने प्रावधान पार्टीको विधानमा ब्यबस्था रहेको छ । यसै बिच समाजवादी ट्रेड युनियन महासंघको संगठन निर्माण अभियान तिब्ररुपले अगाडी बढीरहेको समाचार प्राप्त भएको छ।जनता समाजवादी पार्टी, नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला भाद्र २५ गतेहुने भएको छ ।भेलाले  समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ ।गत साउन १४ गते पुनर्गठन भएसंगै समाजवादी ट्रेड युनियन महासंघले आफ्नो संगठन निर्माणको अभियानलाई तिब्रता दिएको छ ।महासंघले ७ वटै प्रदेश कमिटि तथा पेशागत घटक संगठनहरुको समेत भेला तथा पुनर्गठन गर्ने र महासंघलाई प्रभावकारी ढंगले श्रमिकका पक्षमा काम गर्ने योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनु भयो ।