पृथ्वीजङ्ग पाण्डे
त्रिपुरासुन्दरी गाउँपालिका वडा न ५ तौथलीमा रहेको सबैको आस्था भएको त्रिपुरासुन्दरी देबीको प्रतिमालाइ नयाँ बनेको मन्दिरमा भदौ २३ गतेको शुभसाइतमा प्रतिस्थापन गरिएको छ । शुभ साइत निकालेर भव्य पुजाआर्चना गर्दै विधिवत रूपमा नयाँ बनेको भव्य मन्दिरमा सधै पुजा अर्चना हुने व्यवस्था मिलाइएको तौथली त्रिपुरासुन्दरी माइ बिकास समितिको अध्यक्ष बिष्णुभक्त श्रेष्ठले बताए। श्रेष्ठको अनुसार पुजारी ,थाकती,धामी ,लाखलखम्बर,बाणादार तथा तौथली, बर्ना र पिस्करका गुठियारको साथै तिर्थालु भक्तजनको उपस्थितिमा ऐतिहासिक त्रिपुरासुन्दरीको पुन निर्मित मन्दिरमा प्रतिस्थापन गरिएको हो । २०७२ बैशाख १२ को भुकम्पले क्षति बनाएको मन्दिरमा स्थानीयको माग र चाहाना अनुसार गाउँपालिकाको समन्वयमा पुरातत्त्व बिभाग को ३ करोड ६४ लाख सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
