सम्पर्क

मनोरन्जन

सात धारा महादेव मन्दिरमा बाेम्बाे (झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
पाण्डव अधिकारी बोम्बो ( झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।    आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, मनोत्र तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो । "नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका...

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ सम्पन्न

मनोरन्जन, समाचार
 नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयो । अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उह...

राष्टीय कलाकारले गौरातीमेला भर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा लाग्ने भक्त जनहरुको मेला सँगै जिल्लाका कलाकारहरुको पनी उपस्थिती हुने भएको गौराती युवा क्लबका अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनु भयो । उक्त मेलामा जिल्लाका नाम कहलीएका कलाकारहरु शिबहरी नेपाल, चन्द्रसिंहघले, सिमा भण्डारी ,जितु लोप्चन,प्रश्ना शाक्य,सन्जीब घिसिङ्ग, शमभु सरगम , जादुगर राजेन्द्र गिरी लगाएतका कलकारहरुको पनी बिशेष उपस्थिती भएर भक्तजनहरुलाइ मनोरञ्जन दिने भएका छन । गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यही शक्तीशाली मन्दीरमा तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत ...

एन्टिनाको निर्देशनमा ‘चुराले नै घोच्न थाल्यो’ सार्वजनिक

मनोरन्जन, समाचार
सौगात जङ्ग थापा, काठमाडांै चर्चित गायक राजेश पायल राइको आधुनिक गित ‘चुराले नै घोच्न थाल्यो’को म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । चोक गुरुङ्गको सङ्गीत रहेको उक्त गितको भिडियोमा चर्चित मोडल आयुश्मा कार्कीको साथमा भला काजी दियालीले स्कीन सेयर गर्नुभएको छ । दुई दशक देखि छायांकण ,सम्पादन, निर्देशनमा सकृय युबराज खत्रीले सम्पादन एबम कथा लेखन गरेको उक्त भिडियोलाई हास्य कलाकार घनश्याम तिमल्सिना एन्टिनाले निर्देशन गर्नुभएको हो । बि एन्ड बि दियाली फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो माया, प्रेम, बिछोडको कथालाई समेटिएको निर्देशक एन्टिनाले जानकारी दिनुभयो ।...

स्व. राजा रानीको गौराती भीमेश्वर भिडीयो सार्वजनिक

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यह िशक्तीशाली मन्दीरमा पनी तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । अहीले पनी त्यस स्थानमा जाँदा राजा भएकै झल्को देखीने गरेको छ ।  मन्दीर प्रबेश सँगै नागदेवताको मुर्तीमा राजा रानीको नाम लेखिएको छ भने रुद्राक्षको रुखमा पनी नाम लेखीएको छ । पुर्ब प्र. जि.अ स्व. राम कृष्ण भुर्तेल, पुर्ब प्र. ना. उ सुरत  बहादुर शाह समाज कल्याण परिषद का पुर्ब सदस्य सचिब डा. जयन्द्र श्रेष्ठ कोपहलमा कार्यक्रम भएको गौराती युवा क्लबका सल्लाहकार बिशाल लामाले जानकारी द...

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ कात्तिक ः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्व...

कबी चन्द्र प्रसाद न्यौपानेकोजन्मदिनको कबीता

जिबनशैली, मनोरन्जन, विचार, साहित्य
जन्मेँ चाैबिस साल सात महिना भाैंबार अट्ठाइस लागेँ वर्ष छपन्न साल तँ असी ठान्दै नठान् छस् बिस साठी छन् पचपन्न वर्षसँगका साहित्यका यी कृति लेखेथेँ बिजुलीसमान पहिले घट्तै छ मेराे गति ! फैलेनन् कृति जत्ति फैलिनु थियाे खाेजी कुनाकन्दरा फैलेका पनि छन् नफैलनु थियाे ढाकेर चाैडा गरा चढ्दा पर्वत ओर्लँदा पनि बने ढाँचा सयाैँ श्लाेकका के पाे भ्याउनु लेख्न माैखिक गए के ख्याल रेकर्डका ? उक्लन्थेँ जब तीनकाेश छ उँभाे खुय्या झरी तर्तर पुस्दैमा पसिना खरर्र कविता सुय्यासँगै भर्खर ! यस्तैमा रचिएछ काव्य रसिलाे प्रारम्भमा "पालुवा" पायाे पक्ष परिश्रमी मन चुमी खैराे खनी ठालुका दाेस्राे नाम कथा "नयाँ घर" भयाे आरम्भ आख्यानकाे तेस्राेमा उपन्यास एक रचियाे काे "नाइके युद्धकाे ?" ह्वार्ह्वार्ती अब खण्डकाव्य रसिला जन्मे महाकाव्य नै मेरा सादर जिन्दगी बनिदिए सन्धानका साथ है ! जन्मे बाइस महान...

कलाकार रमेश दुलालद्धारा २० औँ ‘काग सम्मेलन’

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार
राष्टीय कलाकार रमेश दुलालले काग तिहारको अबशर पारेर कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेर काठमाण्डौमा काग सम्मेलन गर्नु भएको छ । कलाकार दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू दुलाल भएको ठाउँसम्म आइपुगेका थिए यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउँनु भएको छ। काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै गत बर्ष हरुमा भन्दा यस बर्ष कागहरु क्म आएको बताउँदै दुलालले अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति सङ्ख्यामा आएनन् । २० औँ काग सम्मेलन ...

मन्त्री दुलालको पहलमागौराती दारेगौडामासुरक्षित बार

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मे...
जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य, स्वास्थ्य
त्रिपुरासुन्दरीमा दही जात्रा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकावडा नं ५ स्थित तौथली बजारमा बुधबार दही छ्याप्दै ’तौथली जात्रा’ मनाइएको छ । पुरानो र ऐतिहासिक नगरी मानिनतौथली क्षेत्रमा बिभिन्न स्थानबाट आउँनु भएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीनबाट अबिर मिसिएको दही निकाल्दै एकआर्कालाई छ्यापाछ्याप गरेर दही जात्रा मनाएका छन । ‘जय जय ओम महादेवी ’भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने परम्परा रहेको त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनु भयो । उँहाका अनुसार भुकम्पपछि पुरातत्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा बधुबार जात्रा झनै ठूलो भएको थियो । दुई घण्टाको दही छ्याप्ने ...