यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने छ। सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने गरेका छन्। पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे। गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्यमूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ।‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौरती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ।मेलामा सदरमुकाम चौताराबाट भीमसेनको मूर्तिलाई रथमा तानेर पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ।गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ। सिन्दूरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा रहेकोे यहाँको मन्दिरलाई दोलखा भीमसेन जत्तिकै शक्तिशाली मान्दछन् र मनले चिताएको कुरा पूरा हुने विश्वास गरिन्छ।प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएको हो । सोही मेलालाई ध्यानमा राखेर चौतारा सागाचोकगढी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उक्तदिन सार्वजनिक बिदा दिने गरेको छ ।सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रध्दालु भक्तजन आउने गर्दछन् । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रूपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि.सं. १६४२ मा चढाएको ढलोटको घण्टाको आधारमा ४३४ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरमा मेला अवधिभर हजारौँ पशु पक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जिर्णोद्धार गरिँदै आए पनि वि.सं. २०५३ सालमा पुनःनिर्माण गरी स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । त्यस समयमा जोडी रुद्राक्षको विरुवासमेत रोपिएको थियो । दाना फल्न लागेको उक्त जोडी रुद्राक्षको वृक्षलाई जिल्लावासीहरुले स्वर्गवासी राजा रानीको सम्झनाको प्रतीकको रूपमा लिने गरेका छन । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङखलालाई नजिकबाट नियाल्न सकिन्छ ।