सम्पर्क

एन्टिनाको निर्देशनमा ‘चुराले नै घोच्न थाल्यो’ सार्वजनिक

सौगात जङ्ग थापा, काठमाडांै
चर्चित गायक राजेश पायल राइको आधुनिक गित ‘चुराले नै घोच्न थाल्यो’को म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । चोक गुरुङ्गको सङ्गीत रहेको उक्त गितको भिडियोमा चर्चित मोडल आयुश्मा कार्कीको साथमा भला काजी दियालीले स्कीन सेयर गर्नुभएको छ । दुई दशक देखि छायांकण ,सम्पादन, निर्देशनमा सकृय युबराज खत्रीले सम्पादन एबम कथा लेखन गरेको उक्त भिडियोलाई हास्य कलाकार घनश्याम तिमल्सिना एन्टिनाले निर्देशन गर्नुभएको हो । बि एन्ड बि दियाली फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो माया, प्रेम, बिछोडको कथालाई समेटिएको निर्देशक एन्टिनाले जानकारी दिनुभयो ।