सम्पर्क

स्व. राजा रानीको गौराती भीमेश्वर भिडीयो सार्वजनिक

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यह िशक्तीशाली मन्दीरमा पनी तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । अहीले पनी त्यस स्थानमा जाँदा राजा भएकै झल्को देखीने गरेको छ ।  मन्दीर प्रबेश सँगै नागदेवताको मुर्तीमा राजा रानीको नाम लेखिएको छ भने रुद्राक्षको रुखमा पनी नाम लेखीएको छ । पुर्ब प्र. जि.अ स्व. राम कृष्ण भुर्तेल, पुर्ब प्र. ना. उ सुरत  बहादुर शाह समाज कल्याण परिषद का पुर्ब सदस्य सचिब डा. जयन्द्र श्रेष्ठ कोपहलमा कार्यक्रम भएको गौराती युवा क्लबका सल्लाहकार बिशाल लामाले जानकारी दिनु भयो । वि.सं. २०५३ सालमा पुनःनिर्माण गरी स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । त्यस समयमा जोडी रुद्राक्षको विरुवासमेत रोपिएको थियो । दाना फल्न लागेको उक्त जोडी रुद्राक्षको वृक्षलाई जिल्लावासीहरुले स्वर्गवासी राजा रानीको सम्झनाको प्रतीकको रूपमा लिने गरेका छन । त्यही उद्धघाटनमा खिचीएको भिडयो लाइ रेवती सापकोटाको शब्द र चेतन सापकोटाको सङ्गीतमा मंसीर ३गते आइतबार बिशाल लामाले भिडीयो सार्बजनिक गर्नु भएको हो । छाया चित्र राजदरबार बाट प्राप्त उक्त भिडीयोलाइ सार्वजनकि गरिएको क्लबका अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनु भयो । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएकोे छ ।सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न सडक यातायातको समेत सुविधा छ । चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रध्दालु भक्तजन आउने गरेका छन । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको पुर्बजहरुले बताएको वडा नं ६का वडा अध्यक्ष हेम बहादुर तामाङ्गले बताउँनु भयो । तत्कालीन जिल्ला बिकास समितीका सभापती स्वर्गीय चन्द्र लाल श्रेष्ठको अध्यक्षतामा पुन निर्माण समिती गठन गरि मन्दीर पुन निर्माण गरिएको थियो । तत्कालीन जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रनाउ    सुरत बहादुर शाह र तत्कालीन प्रमुख जिल्ल अधिकारी स्व रामकृष्ण भुर्तेलको पहलमा बिशेष पहलमा निर्माण भएको उक्त मन्दीर २०५२साल मंसीर २७ गते जिबिस सिपाका सभापती चन्द्रलाल श्रेष्ठको सभापतीत्वमा भएको भेलाले मन्दिर पुन निर्माण समिती गठन गरी पौष १४ गते सिल्यान्यास गरिएको थियो । मंसीर २गते तत्कालीन राजाबाट उद्धघाटन गरिएको थियो ।