सम्पर्क

कलाकार रमेश दुलालद्धारा २० औँ ‘काग सम्मेलन’

राष्टीय कलाकार रमेश दुलालले काग तिहारको अबशर पारेर कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेर काठमाण्डौमा काग सम्मेलन गर्नु भएको छ । कलाकार दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू दुलाल भएको ठाउँसम्म आइपुगेका थिए यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउँनु भएको छ। काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै गत बर्ष हरुमा भन्दा यस बर्ष कागहरु क्म आएको बताउँदै दुलालले अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति सङ्ख्यामा आएनन् । २० औँ काग सम्मेलन राम्रै रह्यो । काठमाडौँमा गरेको १३ वर्ष भयो । कागसँग घनिष्ठ सम्बन्ध छ ।’ कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ सङ्केत दिँदाको स्वर र अशुभ संकेत दिँदाको स्वर निकालेर सुनाउँनु भएको थियो ।