सम्पर्क

खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो ः बस्नेत

 

खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो भएको बाह्र्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले शनीबार गाती युवाक्लब द्धारा आयोजित फुटबल प्रतियोगिता २०८० समापन समारोह लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले बिशेष गरी खेलकुदको माध्ययमबाट शरिरलाइ स्वच्छ राख्न सकीने भएकाले पछील्लो समयमा यस प्रती आकर्षण बढेको बताउँनु भयो ।  नगरबासीलाइ कसरी स्वस्थ्य राख्न सकीन्छ भनेर नगरपालिका लागी परेको र नगरबासीहरको माग बमोजिम स्वस्थका लागी योगाको कार्यक्रम गरेको र खेलका लागी मागका आधारमा आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । उँहाले नगरबासीको स्वास्थ्यका लागी आफु नगर प्रमुख नहँुदा पनी आबश्यक सहयोग गरिरहेको र भबस्यिमा पनी सकेको सहयोग गरिरहने बताउँनु भयो । आफु स्वयम खेल प्रेमी भएकाले पनी खेलकुद बिकासमा सहयोग गर्न चासो लाग्ने बताउँदै आजको खेलमा पहीलो बन्न सफल सुनखानी युवाक्लब लगाएत खेलमा भाग लिने १५वटै टिमलाइ धन्यबाद दिनुभयो । उँहाले खेलमा पहीलो हुँने एक मात्रै हो तर सहभागी धेरै हुन्छन सबै सहभागी पहीलो हुँदेैनन त्यसैले खेलमा सहभागी सबैको जित भएको महशुस गर्दै आगामी दिनमा अझ प्रगती हासिल गर्न लागी पर्नु पर्ने बताउँनु भयो ।शनिबार भएको फाइनल खेलमा सुनखानीले अरनिको युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै च्याम्पियन बनेको हो। कार्तीक २१ गतेबाट सुरु भएको ४दिन सम्म चलेको प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ गातीमा रहेको गाती युवा क्लबको आयोजनामा सम्पन्न भएको हो।सुनखानीको जीतमा कुन्साङ श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले १–१ गोल गर्नु भएकबो थियो भने अरनिकोका लागि मदन पौडेलले गरेको गोल सान्त्वना बनेको थियो ।च्याम्पियन बनेसँगै सुनखानीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सीमित अरनिकोले ६६ हजार ६ सय ६६ रुपैयाँ पाएको छ । त्यसअघि शनीबार भएको सेमिफाइनलमा सुनखानीले बछ्लदेवी एफसी ’बी’ लाई तथा अरनिकोले आयोजक गाती युवा क्लब ’बी’ लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।चार दिनसम्म चलेको प्रतियोगितामा कोकोरसिंह क्लब,घुम्थाङ्ग समाज सुधार युवा क्लब,सुनखानी युवाक्लब, बच्छलादेबी क्लब ए र बी यसै गरी खुर्सानीबारी ,नेवार एकता समाज,बुधेपा,अरनीको बाह्र्बिसे, आयोजक गाती युवाक्लब ए, बी लगाएत १५ टोली सहभागी रहेको थियो । कार्यक्रममा आयोजक सस्थाका अध्यक्ष अमृत श्रेष्ठले यो प्रतियोगिता बाह्र्बिसे नगरपालिकाको सौेजन्यमा गाती युवाक्लबको आयोजनामा भएको जानकारी दिनु भयो । सो अबशरमा उँहाले खेलकुद क्षेत्रमा सहयोग गर्ने सबैलाइ धन्यबाद दिदै आगामी दिनमा गाती युवाक्लबले बिभिन्न प्रकारबा खेलकुदको बिकासका कार्यक्रमहरु गर्ने बताउँनु भयो ।