सम्पर्क

राष्टीय कलाकारले गौरातीमेला भर्ने

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा लाग्ने भक्त जनहरुको मेला सँगै जिल्लाका कलाकारहरुको पनी उपस्थिती हुने भएको गौराती युवा क्लबका अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनु भयो । उक्त मेलामा जिल्लाका नाम कहलीएका कलाकारहरु शिबहरी नेपाल, चन्द्रसिंहघले, सिमा भण्डारी ,जितु लोप्चन,प्रश्ना शाक्य,सन्जीब घिसिङ्ग, शमभु सरगम , जादुगर राजेन्द्र गिरी लगाएतका कलकारहरुको पनी बिशेष उपस्थिती भएर भक्तजनहरुलाइ मनोरञ्जन दिने भएका छन । गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यही शक्तीशाली मन्दीरमा तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएकोे छ ।सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न सडक यातायातको समेत सुविधा छ । चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रध्दालु भक्तजन आउने गरेका छन । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको पुर्बजहरुले बताएको वडा नं ६का वडा अध्यक्ष हेम बहादुर तामाङ्गले बताउँनु भयो । तत्कालीन जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रनाउ सुरत बहादुर शाह र तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण भुर्तेलको बिशेष पहलमा निर्माण भएको उक्त मन्दीर २०५२साल मंसीर २७ गते जिबिस सिपाका सभापती चन्द्रलाल श्रेष्ठको सभापतीत्वमा भएको भेलाले मन्दिर पुन निर्माण समिती गठन गरी पौष १४ गते सिल्यान्यास गरिएको थियो भने मंसीर २गते तत्कालीन राजाबाट उद्धघाटन गरिएको थियो ।