खाडिचौरमा खुल्यो त्रिपुरासुन्दरीको कृषि बिक्री कक्ष
नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थीक सहयोगमा खाडिचौर बजारमा खाद्यन्न तथा तरकारीको खाद्यन्न तथा तरकारीहरुको संकलन तथा बिक्री कक्ष खुलेको छ । त्रिपरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका खाद्यन्न तथा तरकारीहरुको सङकलन गरेर गाउँमा नै बितरण गर्ने बिद्यालय दिवा खाजाको लागी प्रयोग गर्ने र त्यसभन्दा बढी भएका सामाग्रीहरुलाई खाडिचौर ल्याएर सस्तो मुल्यमा बिक्री गर्ने योजनाका साथ कक्ष सञ्चालनमा ल्याएको हो । आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष भक्तध्वज बोहराले एक कार्यक्रमका बिच सङ्कलन तथा बिक्री कक्षको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको सहयोगमा गाउँपालिका स्तरीय कृषक समूह संघद्वारा निर्वाहमुखी कृषि प्रणालीलाई बजारीकरणको माध्यमबाट व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गरि उद्यमशीलता विकास गर्नको लागि खाडिचौर बजारमा कृषि उपज बिक्रि कक्ष सञ्च...
