सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नरमान श्रेष्ठको नेतृत्वमा नगर सहकारी सञ्जालको गठन गरिएको छ ।
उपाध्यक्षमा नारायण गौतम, सचिवमा चन्द्र बहादुर खत्री, कोषाध्यक्षमा सुजता सापकोटा, सह–सचिवमा मिन बहादुर श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा नेत्र बहादुर बस्नेत, कृष्ण बहादुर कार्की, चन्द्र प्रसाद काफ्ले, कुश्माखर शर्मा, रबिन गौतम, दिल बहादुर कार्की, रुद्र बहादुर श्रेष्ठ, राम कुमार खतिवडा , शंखर प्रसाद पराजुली, धामो तामाङ, होमनाथ चौलागाईं, सदस्यः भेष बहादुर खत्री र हरि बिश्वकर्मा रहनु भएको छ भने आबश्यकताका आधारमा पछी तिन जनाको सञ्जालको बैठकले मनेनित गर्ने भएको छ । यसैगरी सल्लाहकार समितीको अध्यक्षमा राजेन्द्र सापकोटा रहनु भएको छ भने सदस्यमा शोभा उलक रामशरण बिक रहनु भएको छ ।
गठित सञ्जालका पदाधिकारीहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले टिका लगाएर स्वागत गर्नुभएको थियो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतमा र नगर आर्थिक बिकास समितीका संयोजक गणेश बिक, सामाजिक बिकास शाखाका संयोजक एवम् वडा नं. १३ का वडा अध्यक्ष राम प्रसाद गौतम, जिल्ला सहकारी सघंका यज्ञ प्रसाद दङगाल, शोभा उलक लगाएतको बिशेष उपस्थितीमा भएको सहकारी संस्थाका प्रतिनिधीहरुको भेलाले सञ्जाल गठन गरेको हो । सहकारी प्रशिक्षण तथा सञ्जाल गठनमा आफ्नो भनाई राख्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहकारी भनेको कुनै एउटा पार्टीसँग आवद्ध नभएर किसानसँग प्रत्यक्ष सरोकार राख्ने र सबै पक्षको हितमा कामगर्ने हुनपर्छ भन्नुभयो । उहाँले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको बताउँदै वडा नं. १४ मा उत्पादन भएको गोलभेडा, वडा नं.४ मा आलु जस्तै नगरमा लप्सीको पनि उत्पादन भएकाले लप्सीमा पनि नगरले सहयोग गर्ने बातावरण बनाइरहेको बताउँनु भयो ।
उहाँले नगरमा रहेका निस्क्रीय सहकारीहरुलाई सक्रिय गराउँन लागि पर्ने बताउँनुभयो । सहकारी बिकासका लागी भनेर छुट्याईएको बजेट सहकारीको लागि नै खर्च गर्ने कुरा सापकोटाले बताउनु भयो । गाउँघरमा रहेको बिभिन्न खेर गएका फलफूलको संरक्षण गरेर गाउँमा केही गर्न सकिने र स्थानीय स्तरमा रोजगारको समेत ब्यवस्था हुने भएकाले यस तर्फ नगरपालिकाले बिशेष कार्यक्रम ल्याएको बताउँनु भयो । नगर प्रमुख सापकोटाले जसले जे भने पनी नगरले कृषी सहकारीलाई प्राथमिकतामा राखेर प्रत्यक्ष किसान सँग सम्बन्ध राख्ने काम नगरपालिकाले गरेको गरिरहेको बताउँदै उत्पादनमुखी काममा आफुले सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो ।
त्यसैगरि नगर आर्थिक बिकास समितिका संयोजक गणेश बिकले सहकारी संचालनको लागी दक्ष र योग्य ब्यक्तीहरुले नेतृत्व गर्नुपर्ने बताउनुभयो । यसैगरि नगर सामाजिक बिकासका साखा प्रमुख रामप्रसाद गौतमले सहकारी संस्था कुनै राजनितिक दल संघ संस्थाहरुको निर्देशनमा नभई प्रत्यक्ष सेयर सदस्यहरुको निगरानीमा सहकारी ऐन नियम र विनियम अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका यज्ञ प्रसाद दंगाल, शोभा उलक लगाएतले सञ्जाल सफल गठनको लागि नगरपालिका आफै लागीपरेको हुँदा नगरपालिकालाई विशेष धन्यबाद दिदै उत्पादनमुखी काममा नगरपालिकाको सहकारीहरुलाई सहयोग गरिरहेकामा हार्दिक धन्याद दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालीकाको सहकारी शाखाका प्रमुख दुर्गा प्रसाद ढुङ्गेलले सञ्चालन गर्नूभएको कार्यक्रममा सञ्जालको संयोजक चयन भैसकेपछि नरमान श्रेष्ठले आफु लगाएत सञ्जालका सबै पदाधिकारीहरुले सहकारी बिकासको लागी काम गर्ने बताउनुभयो ।
