सम्पर्क

पतञ्जली योग जिल्ला समितिहरुको पदस्थापन

सिन्धुपाल्चोक जिल्लामा पुरुष र महिलाको छुट्टाछुट्टै पतञ्जली योग जिल्ला समिति गठन भएको छ । गठन समितिहरुको शनिबार एक समारोहकोविच पदस्थापना कार्यक्रम समेत भएको छ ।
‘गरौ योग, रहौं निरोग’ भन्ने नाराका साथ पतञ्जली योग समिति सिन्धुपाल्चोकको आयोजनामा पतञ्जली योग समिति जिल्ला स्तरिय महिला र पतञ्जली योग समिति जिल्ला स्तरिय पुरुष समितीको नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम शहिद स्मृती भवन चौतारामा भएको हो ।
पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख ग्रोवेन तौजलेको सभाध्यक्षमा नयाँ नेतृत्वको पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।
पतञ्जली योग समिति जिल्ला स्तरिय महिला अध्यक्ष कविता राउत, उपाध्यक्ष शोभा उलक, महामन्त्री बिमला चालिसे, संगठन मन्त्री शिखा लामा, कोषाध्यक्ष अन्जली दुलाल, मन्त्री शुसीला बुढाथोकी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुनिता श्रेष्ठ, गंगा श्रेष्ठ, सरस्वती लामा, गोमा श्रेष्ठ, उस्मिता सिवाकोटी, गिता सापकोटा, शनशिला श्रेष्ठ, रेनुका खतिवडा, कविता कटुवाल, रजनी तिमल्सिना, शोभा साक्य रहनुभएको छ भने सल्लाहकार समितिमा गंगा घिमिरे र मन्दिरा श्रेष्ठ रहनुभएको छ । त्यसैगरी, पतञ्जली योग समिति जिल्ला स्तरिय पुरुष नातिबाबु धिताल अध्यक्ष रहनुभएको छ । उपाध्यक्षमा रामकृष्ण चालिसे (जगनाथ), महामन्त्री रामचन्द्र पौडेल, कोषाध्यक्ष कृष्ण बहादुर पराजुली, संगठन मन्त्री विजय कुमार दुलाल, मन्त्री नवराज नेपाल रहनुभएको छ । मिडिया प्रभारी विष्णु साक्य, सञ्चार प्रभारी मिलन श्रेष्ठ, फोटो÷भिडियो प्रभारी प्रकाश दुलाल रहनुभएको छ । त्यसैगरी, सदस्यहरुमा राम प्रसाद सापकोटा, चन्द्र बहादुर खत्री, किरण श्रेष्ठ, अष्टकाजी साक्य, विनोद श्रेष्ठ, राजेश श्रेष्ठ, शंकर बुढाथोकी, शिव कार्की, रुद्र प्रसाद दुलाल, पुरुषोतम नारायण श्रेष्ठ र राकेश श्रेष्ठ रहनुभएको छ । सल्लाहकारमा कमल कृष्ण अधिकारी र ओम प्रकाश उप्रेती रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले मानिसलाई शारीरिक एवं मानसिक, सामाजिक र भावनात्मक रुपमा सक्रिय बनाउका लागि योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति टंक बहादुर कार्की, नेकपा एमाले पूर्व जिल्ला सचिव रामचन्द्र बस्नेत, लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रलाई समापन गर्दै पतंजली योग समिति नेपाल बागमती प्रदेश प्रमुख ग्रोविन तौजले शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउनका लागी पनि आवश्यक रहेको बताउनुभयो । योग विभिन्न किसिमका हुने भन्दै यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग नै मुख्य भएको तौजले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ, विशेष समन्वय उपप्रमुख पदमनाथ नेपाल, पताञ्जली योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पताञ्जली योग समिति बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, नेपाली काँग्रेस जिल्ला उपसभापति टंक बहादुर कार्की, नेकपा एमाले पूर्व जिल्ला सचिव रामचन्द्र बस्नेत, नेकपा माओवादी नगर समिति अध्यक्ष श्याम श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष नरमान श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।