नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थीक सहयोगमा खाडिचौर बजारमा खाद्यन्न तथा तरकारीको खाद्यन्न तथा तरकारीहरुको संकलन तथा बिक्री कक्ष खुलेको छ । त्रिपरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका खाद्यन्न तथा तरकारीहरुको सङकलन गरेर गाउँमा नै बितरण गर्ने बिद्यालय दिवा खाजाको लागी प्रयोग गर्ने र त्यसभन्दा बढी भएका सामाग्रीहरुलाई खाडिचौर ल्याएर सस्तो मुल्यमा बिक्री गर्ने योजनाका साथ कक्ष सञ्चालनमा ल्याएको हो । आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष भक्तध्वज बोहराले एक कार्यक्रमका बिच सङ्कलन तथा बिक्री कक्षको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको सहयोगमा गाउँपालिका स्तरीय कृषक समूह संघद्वारा निर्वाहमुखी कृषि प्रणालीलाई बजारीकरणको माध्यमबाट व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गरि उद्यमशीलता विकास गर्नको लागि खाडिचौर बजारमा कृषि उपज बिक्रि कक्ष सञ्चालनमा ल्याइएको पालिका अध्यक्ष बोहाराले बताउँनु भयो ।
उहाँले गाउँपालिकामा रहेका सबै खाले जग्गाहरुमा माटो अनुसारको खेती गर्नका लागि माटो परिक्षण गरेर कुन ठाउँमा के उत्पादा हुन्छ, त्यसको पहिचान गरी उत्पादनमलक कामका लागी पालिकाले कृषक समुह सहकारीहरुलाई अनुदान सहयोग दिएको बताउँनु भयो । उहाँले सो अबसरमा कृषकहरूको उत्पादनलाई बजारिकरण गर्ने उदेश्यले खाडिचौर बजारमा बिक्रि कक्ष सुरू गरिएको बताउँनु भयो । समुद्घाटन कार्यक्रममा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले खाडिचौरमा यो खाद्यन्न सङकलन तथा बिक्री कक्ष राखेर त्रिपुरा सुन्दरी गाउँपालिका मात्र होइन आफ्नो बलेफी गाउँपालिकालाई पनि ठुलो सहयोग पुगेको बताउँनु भयो । उहाँले बलेफी गाउँपालिकामा हामिले हरेक कृषकलाई बाँझो जग्गालाई खेतीयोग्यकै रुपमा प्रयोग गर्न प्रोत्साहन दिईरहेको र उत्पादनमुलक कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु हुँदै बलेफी गाँउपालिकाका कृषकहरुलाई यो सङकल तथा बिक्री कक्षको आबश्यक थियो, त्यो आबश्यकता त्रिपुरासुन्दरी गाउँपालिकाले पुरा गरिदिएकोमा त्रिपुरासुन्दरी गाउँपालिकालाई बिशेष धन्यबाद दिनुभयो । कार्यक्रममा बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लमा, सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृतहरु वडा अध्यक्षहरु, विषयगत शाखाका कर्मचारी लगायत अन्य विशिष्ट व्यक्तित्वहरु लगायत कृषि समुहका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।
आफुले जानेको सिप आफ्नै गाउँघरमा प्रयोग गर्नुपर्छ र आफ्नो जग्गा जमिन बाँझो राखेर बिदेशमा गएर दुख गर्नुको सट्टा आफ्नै गाउँमा उत्पादनमुखी काम गर्नपर्छ भन्ने मुख्य योजनाका साथ त्रिपुरासुन्दरी गाउँपालिका विस्तारै कृषि पकेट क्षेत्र बन्ने योजनाका साथ अगाडी बढीरहेको छ । यसै सन्दर्भमा खाडिचौर बजारमा कृषि उपज बिक्रि कक्ष सञ्चालन गरिएको हो ।
यसै योजना अनुसार गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले वडा नं. २ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै सुन्तलाको बिरुवा बितरण गर्नु भएको थियो । पालिकाले कृषकको उत्पादनहरु पालिकाको सहयोगमा कृषी सहकारी समुहहरुले खरिद गरेर बिद्यालय दिवा खाजाको लागी प्रयोग गर्ने र बाँकी भएका सामाग्रीलाई खाडिचौर बजारमा बिक्री कक्ष राखेर बिक्री बितरण गर्ने ब्यवस्था गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत जय बहादुर वाइवाले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादनका लागि हरेक वडाहरुमा कृषक समुहहरुको गठन गरिसकेको र सोही समुहले उत्पादन तथा बिद्यालयमा बितरण गर्ने र प्रत्येक समुहहरुको साझा संस्थाको रुपमा कृषक संघको गठन भएको र सोही संघ मार्फत बजारीकरण गर्ने भएको हुँदा खाडिचौरमा बिक्री कक्ष राखिएको बताउँनुभयो ।उहाँका अनुसार आगामी केही बर्षभित्रै पालिकालाई पुरै कृषि पकेट क्षेत्र बनाउँने र पालिकाभित्र रहेका कुनै पनी जग्गालाई बाँझो रहन नदिने सबै जग्गामा कुन स्थानमा के उत्पादन हुन्छ सोही अनुसार उत्पादनमुलक बिरुवा हरुको व्यवस्था गरेर उपयोग गर्न लागीएको छ । यसैगरी वडा नं. ३ धुष्कुनमा तिम्मुर पकेट क्षेत्र बनाइएको छ ।
४ नं. वडा आलुपकेट क्षेत्र घोषणा गरी सकिएको छ । अहिले त्रिपुरासुन्दरीको निजी जग्गामा समुह बनाएर पकेट क्षेत्र बनाउँन लागीएको छ भने सार्बजनिक बाँझो जग्गाहरुमा पनि बिरुवा रोपेर हुर्काउँने योजना गरिहेको छ । पालिकामा रहेको कृषि तथा पशु र रोजगार र उद्यमी शाखा मिलेर यो योजना कार्यन्वयन गर्न लागिएको हो ।


