नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी www.esevenstar.com को औपचारिक शुभारम्भ गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको कम्पनीका प्रमिला पमले जानकारी दिनु भयो ।
कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला लेसेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको बताउँनु भयो । उँहाले विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ।“यस इसेभेन स्टारको उद्घाटन गर्दै बताउँनु भएको हो । “यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ”बास्तोलाले बताउँनु भयो ।लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको www.esevenstar.com मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ ।
भने अव साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै www.esevenstar.com को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको हो ।सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटीङ् सेवा प्रदायकको छवि बनाउन सफल भएको हो । यहाँ स्मरणीय छ, स्थापनाको एकदशक पुरा गर्दै गर्दा हरेक बर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेशिया एअरलाईन्स तथा थाई एअरवेज बाट उत्कृष्ठ ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ । नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जनाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवा समेत प्रदान गर्दै आएको समेत प्रमीलाले जानकारी दिनु भयो ।
