सम्पर्क

अग्रज पत्रकार एवं सामाजिक अभियन्ता नमराज बजगाईको जन्मदिन सेवा घरको असहायहरुसँग

दिनेश भण्डारी
अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनुभएको छ । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले मंगलबार ९ असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज सेवा घरको शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म आउनुभएको छ ।
उहाँले सेवा घरका अभियान्ता दिपिका मानवलाई सरसफाईका सामग्री चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, बेसार, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न, फलफुल र लत्ता कपडा हस्तान्तरण गर्नुभर्एको छ । सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले सेवा घर शूरु भएदेखि नै यहि आएर सक्दो सहयोग गर्ने गरेको बताउनुभयो । देखाउन भन्दापनि समाजलाई सु–संस्कृत सिकाउन यसो गरेको भन्दै आँफुले शुरु गरेपछि देखेर, सुनेर र सिकेर धेरैले जन्मदिन सेवा घरमा वा अरु कुनै सामाजिक काम गरेर मनाउन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई साथ दिएर जग्गा र तयारी भवन उपलब्ध गराएको बताउनुभयो । धुलिखेल–१२ का पुर्व वडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, एमाले धुलिखेल अध्यक्ष दयाराम महत, नेका जिल्ला सदस्य रामकृष्ण पोख्रेल, युवा समाजसेवीहरु बोदनाथ बजगाई, दामोदर बजगाई, सञ्चारकर्मीहरु अरबिन्द्र गौतम, राज तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सेवा घरकी अभियान्ता दिपिका मानवले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहायहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय र धुखिखेल सेवा घरमा ७५ जना आश्रीत रहेको बताउनुभयो । सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ७ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धारगरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराउनुभयो । मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गरेका छन ।