सम्पर्क

नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्छः पुर्वमन्त्री बस्नेत

  पूर्व मन्त्री माननिय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने र नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय बस्नेतले नेपाली काँग्रेसले बिकास गरेन भने जनताको काम गरेन भने त्यस्तालाई भोट दिनुस् भन्दिन, मत जसले जनताको काम गर्छ त्यसलाई छान्नुहोस भन्छु भन्नूहुँदै देश र जनताका लागि हरेक दुखसुखमा बिकासका कामहरुमा साथदिने पाटी काँग्रेस हो भन्नूभयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १० जल्केनिमा कृषकलाई अनुदानमा कृषि औजार मिनिटेलर मकै, कोदो पिसेर पिठो बनाउने मेशिनहरु वितरण गर्नुहुँदै उहाँले यस्तो बताउँनु भएको हो । मंगलबार एक समारोहको विचमा प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतद्धारा उक्त कृषि औजार सामग्री वितरण गरिएको हो ।
कृषि औजार सामग्री वितरण गर्नुहुँदै पूर्व स्वास्थ्य मन्त्री माननीय बस्नेतले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अनुदानमा प्राप्त सामग्रीको उचित सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन किसानलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा सुभकामना मन्तव्य, राख्दै जल्केनि स्वास्थ चौकिका अध्यक्ष साधुराम खतिवडाले मोहन बहादुर बस्नेतले शिक्षा, स्वास्थ्य, लगायत जनताको प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई प्राथिमकता दिएर अगाडी बढ्नु भएकै कारण सिन्धुपाल्चोक लगायतका लाई निःशुल्क एस.एल.सी कोचिङ्ग क्लास सञ्चालन गरेर शिक्षामा सहयोग गरेको र अहिले पनि १२ कक्षा सम्म देसैभरि निःशुल्क शिक्षा दिनपर्छ भनेर निशुल्क शिक्षा लागू गर्न लागि परेकोमा विशेष धन्यबाद दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति टंक बहादुर कार्की १० नं. वडा सभापति मन्जु थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. १० भित्रका किसानकालाई ५० प्रतिशत अनुदानमा मिनिटिलर (ट्याक्टर)–३५ पिस, ब्याट्री स्प्रे औषधि छर्ने मेसिन–५० पिस, पिठो पिस्ने मिल मेसिन २१ पिस सामग्री वितरण गरिएको छ । चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. १० का वडाध्यक्ष निलबहादुर तामाङ (सुमन) को सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन भने वडा सचिब शिव प्रसाद न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवि भुपेन्द्र बहादुर थापा, चौतारा साँगाचोकगढी नगरपालिकाका नगर पाटि सचिव भगवान खड्का, नगर सहकारी सञ्जालका सचिव चन्द्र बहादुर खत्रि, नेपाल रेडक्रस सोसाईटीका भरत बस्नेत, वडा भित्रका विभिन्न कृषि सहकारीका प्रमुख तथा प्रतिनिधी, कृषक लगायतको उपस्थिती रहेको थियो ।