सम्पर्क

ब्रेकिङ न्युज २

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बर्खायामसँगै डेंगु संक्रमणको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन...

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

ब्रेकिङ न्युज २, समाचार
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।...

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौँबाट रसुवाका लागि उडेको थियो । प्रहरीका अनुसार क्याप्टेन अरुण मल्लले उडाएका हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको थियो । हालसम्म चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।...

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षलाई मातृशोक

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिका सचिव एबं त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा, राजेन्द्र बोहराको ममतामयी माता उर माया बोहराको निधन भएको छ । ७८ बर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको निधनप्रती गहिरो दुख ब्यक्त गर्देै नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय मोहन बहादुर बस्नेतले मृतकको आत्मा चिर शान्तीको कामना गर्देै श्रदाञ्जली ब्यक्त गर्नु भएको छ भने शोकाकुल परिबारप्रती समबेदना प्रकट गर्नु भएको छ । यसैबिच नेपाली काँगे्रस क्षेत्रीय सभापती एबं बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत र नेपाली कांग्रेसका नेता एबं महासमिति सदस्य भोला बोहराबाट संयुक्त रुपमाले पार्थिब शरीरमा नेपाली काँग्रेस पार्टीको झण्डा ओढाएर हजारौं आफन्त र शुभचिन्तकबिच तौथली खोलाको बाल्का आर्यघाटमा अन्तिम श्रद्धाञ्जली तथा अन्तेष्टी गरिएको छ । श्रदाञ्जली ब्यक्त गर्देै क्षेत्रीय सभाप...

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वीरगञ्ज (पर्सा), २२ साउनः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गर्नुभयो । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भन्नुभयो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराउनुभयो । “विदेशी मुलुकबाट आयात ग...

बाह्रबिसे खनियाबास वृद्धा हत्या प्रकरणमा १ जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा एक वृद्धाको लुटपाटपछि हत्या भएको घटनामा संलग्न आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबेसीका ३६ बर्षीय फुने भनिने सन्जिव देउजा रहेका छन् । देउजाले ७१ वर्षीया वृद्धा रत्न कुमारी थापालाई घरमा केहि दिनदेखी सुराकी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न देउजालाई प्रहरीले सोमबार काठमाण्डौै गोगंवुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिएको छ । देउजाले लुटपाट गरेको नगद रकम खर्च गरी सकिएको र गहना भने बेच्नको लागि कोही व्यक्तिलाई दिएको खुलेको छ । यसरी भएको थियो घटना गत साउन १८ गते शुक्रबार दिउँसोको समयमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा ७१ वर्षीया वृद्धा रत्न कुमारी थापाको आफ...

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्ष...

सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्ट सरकारी/सार्वजनिक जग्गाको रेखांकन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । कित्ता नम्बर ४२९ र ४३४ को पुरै र कित्ता नम्बर ४३५ को जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिसोर्टले कुनै सरकारी निकायसँग कुनै किसिमको सम्झौता नगरी आफूखुशी अतिक्रमण गरी सार्वजनिक जग्गामा समेत व्यावसाय संचालन गरेको देखिन आएको हुँदा पत्र मार्फत दिएकोे सुझाव अनुसार सार्वजनिक जग्गा अतिक्रमण हटाउने सम्बन्धि जिल्ला प्र   शासन कार्यालय सिन्धुपाल्चोकले गत साउन ११ गते १ महिने सूचना जारी गरिसकेको र चौतारा साँगाचोकगढी नगरपालिकालाई समेत कानुन बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सोही व्यहोराको सुझाब लेखि पठाएकोे थियो । त्यस्तै गत असार ७ गते चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यापालिकाको बैठकले अतिक्रमित सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय सरकार संचालन ...

दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा

ब्रेकिङ न्युज २, समाचार
अबिरल बर्षासँगै आएको बाढि पहिराको कारण सिन्धुपाल्चोकका दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो । बाह्रबिसेमा रहेको मोटरेबल पुललाई भोटेकोशी र खाडीचौरमा रहेको मोटरेबल पुल सुनकोशी नदीको बाढीले जोखिममा पारेको छ । खाग्दल खोलाको बाढीले खाग्दलमा रहेको बेलिब्रिज बगाएको छ । मोटरेबल पुल र बेलिब्रिज जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ । निरन्तरको वर्षाले ठुलासाना नदी र ठाडो खोलामा भीषण बाढी आइरहेको छ । बाढीले पुलछेउका भाग कटान गरेको छ । यस्तै बाह्रबिसे, खाडीचौर, बाहुनेपाटीलगायतका स्थानमा रहेका मोटरेबल पुल ५० वर्ष पुराना छन् । जोखिममा रहेका पुलबाटै भने दैनिक रुपमा सवारीसाधन आवतजावत भइरहेको छ । पुलको संरक्षणमा तिनै तहका सरकार लाग्नुपर्ने जिल्ला स...

प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले प्राकृतिक प्रकोपबाट क्षति पुगेको सार्वजनिक संरचनाहरुको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समितिद्वारा आइतबार मेलम्चीमा आयोजित बहुप्रकोपमा आधारित पूर्व सूचना प्रणाली तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि नीतिगत छलफल तथा आगामी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको समन्वय र सहयोगको अभावमा मनसुन जन्य विपदबाट क्षति पुगेका सार्वजनिक तथा व्यक्तिगत संरचनाहरुको पुनर्निर्माणमा कठिनाई भएको बताउनुभएको छ । कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक विपत्...