मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले प्राकृतिक प्रकोपबाट क्षति पुगेको सार्वजनिक संरचनाहरुको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समितिद्वारा आइतबार मेलम्चीमा आयोजित बहुप्रकोपमा आधारित पूर्व सूचना प्रणाली तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि नीतिगत छलफल तथा आगामी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको समन्वय र सहयोगको अभावमा मनसुन जन्य विपदबाट क्षति पुगेका सार्वजनिक तथा व्यक्तिगत संरचनाहरुको पुनर्निर्माणमा कठिनाई भएको बताउनुभएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक विपत्तीको निरन्तर क्षतीका कारण नागरीकले भोगेको दुखमा सैद्धान्तीक र बैचारीक मात्र नभई व्यावहारीक हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । काम गर्नको लागि पदिय जिम्मेवारीमा नभए पनि मन भयो काम गर्न सकीने उहाँले बताउनुभयो । हरेक प्रकारका विपद तथा महामारीमा तत्कालका लागि राहत उद्धार र पुर्नस्थापनाको क्षेत्रमा तिनै तहको सरकार जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हेलम्बुको रातोपुल र मेलम्चीको बेलिब्रिज निर्माणमा आफुले अगुवाई गरी काम गर्दा आज नागरीकलाई सहजता भएको उहाँको भनाई थियो । विपदको समयमा तत्कालै काम गरी नागरीकको जनजिवीकामा सहजता ल्याउने तर्फ केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनको समयमा हरेक राजनितिक दलको फरक फरक ऐजेण्डा भएपनि नागरीकको समस्यामा सबै एक भएर काम गर्नुपर्ने बस्नेतले बताउनुभयो । कार्यक्रमको समापन गर्दै पञ्मुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगामि बर्षको विपद पुर्वतयारीको योजना तर्जुमालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्लाका सर्ब जनपतिनिधिहरुलाई एकै ठाँउमा राखेर दिर्घकालिन योजना बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । जिल्लाभर भईरहेका विपदका घटनाहरुमा पञ्सासनको तर्फबाट सक्रिय रुपमा उपस्थीती रहेको उहाँले बताउनुभयो । स्थानिय तहले विपदमैत्रि विकासका योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै पुर्वसुचना पणालिलाई निरन्तरता दिनुपर्ने पमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
कार्यक्रममा भुगर्भविद डाक्टर वसन्तराज अधिकारी र जलवायु विज्ञ धरमराज उप्रेतीले विपदका कारण यसको असर र आगामि दीनमा रोकथामका लागि गर्न सकीने कामको बारेमा सुझाव दिनुभएको थियो । साथै मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल, बाह्रविसे नगरपालिका र हेलम्बु गाँउपालिकाको विपद सम्बन्धि प्रतिवेदन प्रश्तुत गरीएको थियो । स्थानियले स्थलगत रूपमा अध्ययन गरेर योजना बनाउनुपर्नेमा जोड दिएका छन । साथै स्थायि संरचनाको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिएक छन ।
बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले नीति बनाउने र कार्यान्वयन गर्नेको विचमा तालमेल नहुंदा समस्या हुने गरेको बताउनुभयो । बनाउनुपर्ने कानुन, कार्यान्वयन गर्ने निकायले दिगो सोच राखेर बनाउन सके प्रभावकारी हुने पौडेलको भनाई थियो । ठिक समयमा नभएका निर्णयहरूका कारण आज यो विपत्ति भोग्नुपरे पनि भोलिको दिनमा ती कुरा नियमनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
बागमती पदेश सभा सदस्य कुमारी तामाङले जिल्लाभर विपद भईरहे पनि यतिबेला पाँचपोखरी बढि मारमा परेको बताउनुभयो । सरकारको नेतृत्वमा रहने राजनितीक दलहरूले बढि पहल गर्नुपर्ने र यसमा राष्ट्रीय पञ्जातन्त्र पार्टीले सर्मथन जनउने उहाँले बताउनुभयो । नेतृत्व गर्नेको साथमा अरू दल र माननियले सहयोग गरी नागरीकलाई सहजता दिलाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री एवम माननीय सांसद मोहनबहादुर बस्नेत, माननीय सांसद माधव सापकोटा, बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुरज कृष्ण लामिछाने, पूर्व मन्त्री माननीय सांसद युवराज दुलाल, प्रदेश सांसदहरु माननीय कृष्ण कुमार तामाङ , माननीय सरल सहयात्री पौडेल, माननीय माइली लामा, माननीय कुमारी तामाङ , जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , स्थानीय तहका प्रमुख र अध्यक्ष , उपप्रमुख र उपाध्यक्ष , सुरक्षा निकायका प्रमुखहरु एवम सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सहजीकरण गरेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
