सम्पर्क

दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा

अबिरल बर्षासँगै आएको बाढि पहिराको कारण सिन्धुपाल्चोकका दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् ।
भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो । बाह्रबिसेमा रहेको मोटरेबल पुललाई भोटेकोशी र खाडीचौरमा रहेको मोटरेबल पुल सुनकोशी नदीको बाढीले जोखिममा पारेको छ । खाग्दल खोलाको बाढीले खाग्दलमा रहेको बेलिब्रिज बगाएको छ । मोटरेबल पुल र बेलिब्रिज जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ । निरन्तरको वर्षाले ठुलासाना नदी र ठाडो खोलामा भीषण बाढी आइरहेको छ । बाढीले पुलछेउका भाग कटान गरेको छ । यस्तै बाह्रबिसे, खाडीचौर, बाहुनेपाटीलगायतका स्थानमा रहेका मोटरेबल पुल ५० वर्ष पुराना छन् ।
जोखिममा रहेका पुलबाटै भने दैनिक रुपमा सवारीसाधन आवतजावत भइरहेको छ । पुलको संरक्षणमा तिनै तहका सरकार लाग्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो ।