नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिका सचिव एबं त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा, राजेन्द्र बोहराको ममतामयी माता उर माया बोहराको निधन भएको छ ।
७८ बर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको निधनप्रती गहिरो दुख ब्यक्त गर्देै नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय मोहन बहादुर बस्नेतले मृतकको आत्मा चिर शान्तीको कामना गर्देै श्रदाञ्जली ब्यक्त गर्नु भएको छ भने शोकाकुल परिबारप्रती समबेदना प्रकट गर्नु भएको छ ।
यसैबिच नेपाली काँगे्रस क्षेत्रीय सभापती एबं बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत र नेपाली कांग्रेसका नेता एबं महासमिति सदस्य भोला बोहराबाट संयुक्त रुपमाले पार्थिब शरीरमा नेपाली काँग्रेस पार्टीको झण्डा ओढाएर हजारौं आफन्त र शुभचिन्तकबिच तौथली खोलाको बाल्का आर्यघाटमा अन्तिम श्रद्धाञ्जली तथा अन्तेष्टी गरिएको छ ।
श्रदाञ्जली ब्यक्त गर्देै क्षेत्रीय सभापती तथा नगर प्रमुख बस्नेतले स्व.उर माँयाले नेपाली काँग्रेसको सगंठन निर्माणका बेला गरेको योगदानको कहिल्यै नबिर्सने बताउँनु भयो । यसैबिच त्रिपुरासुन्दरी गाउँपालिकाले एक बिज्ञप्ती प्रकाशन गरी श्रद्धाञ्जली ब्यक्त गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जय बहादुर वाइवाद्धारा शोक बक्तब्य जारी गरी सिङ्गो गाउँपालिका परिबार स्तब्ध भएको जनाउँदै मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ भने शोकाकुल परिबारमा समबेदना ब्यक्त गरेको छ ।
