सम्पर्क

रतनकोट आबिका विद्यार्थीलाई काँग्रेस नेता लामाद्धारा विद्यालय पोशाक वितरण

सुनकोशी

सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ५ रतनकोट स्थित रहेको रतनकोट आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
सुनकोशी –५ निवासी समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य प्रेम लामाले आफ्नो ब्यक्तिगत खर्चमा मंगलबार एक कार्यक्रम गरि उक्त सामग्री वितरण गर्नु भएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्याम कुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा सुनकोसी – ५ का वडा सदस्य पासाङ लामा, सुनकोसी – ५ नेपाली काँग्रेसका सभापति कुमार बस्नेत, विद्यालयका प्रधानाध्यापक बाबुकाजि लामा, बेलजियम नागरीक सन्द्रा डि भोस, शिक्षक, विद्यार्थि, अबिभावक, लगायतको बाक्लो उपस्थितिमा रहेको थियो ।
समाजसेवी लामाले विद्यालयका बिद्यार्थी र शिक्षकलाई टिसर्ट, जुत्ता र ट्राक सुटसेट बितरण गर्नुभएको थियो ।
ट्रयाक सुट बितरणसँगै विद्यालयमा अक्षकोष खडा गरेर अगाडि बढाउन ५० हजार नगद समेत अक्षेकोषमा जम्मा गरिदिने घोषणा समेत गर्नुभयो ।
उक्त विद्यालयमा अभिभावकको अङ्ग्रेजी माध्यमबाट पढाउन माग छ । विद्यालयलाई सरकारले शुल्क नलिनु भनेका छन् । किताब किन्न समस्या भएको गुसानो आएपछि काँग्रेस सभापति बस्नेले १ देखि ५ सम्मका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका किताहरू सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बेल्जियम नागरिक सन्द्रा डि भोसले विद्यालयमामा टेवल टेनिस कोड बनाउन ४० हजार नगद सहयोग गर्नु भएको छ । उहाँले नेपालका अपांग बालबालिकालाई सहयोग गर्दै आउनु भएको छ ।
कार्यक्रममा प्रअ लामाले सबैको साथ सहयोग पाएकोमा धन्यवाद दिनुहुदै आउदा दिनहरूमा पनि यस्ता सहयोगले शिक्षामा साना बालबालिकालाई सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रमको समापन गर्दै ब्यवस्थापन समितिका अध्यक्ष लामाले सबै सहयोगीलाई धन्यवाद दिदै मेरो कार्यकालमा देश तथा बिदेशबाट सहयोग उठाएरै भएपनि विद्यालयलाई अघि बढाउने बताउनु भयो ।