सम्पर्क

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौँबाट रसुवाका लागि उडेको थियो । प्रहरीका अनुसार क्याप्टेन अरुण मल्लले उडाएका हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको थियो ।

हालसम्म चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।