सम्पर्क

ब्रेकिङ न्युज २

सोनाम ल्होसारका अवसरमा लिसंखुपाखरमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु लामाले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष लामाले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउनुभयो ।...

तरकारी फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न

कृषि, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा तरकारी, फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत बहादुर दंगालले कृषकहरूको निम्ति साथ र सहयोग गर्न हरपल तयार रहने बताउनुभयो । उहाँले जनताको हितका लागि आफ्नो ज्यान दिन पनि पछि नहट्ने कुरा बताउनु भयो । विद्यालयमा दिवा खाजाको रूपमा कृषकले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी तथा फलफूलहरू प्रयोगमा जोड दिने र समुदायमा रहेको बाँझो र खेतीयोग्य जमिनमा पनि तरकारी फलफूल उत्पादन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेत्रज्योति कृषि सहकारी संस्थाले यस्त...

पर्वत समाज कतारको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार पर्वत समाज कतारको आयोजनामा शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ । कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिति रहेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए । कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताउनु भएको थियो । उहाँले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताउनु भएको थियो । आपसी सद्भाव सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ सं...

तमु गुरुङ समाज कतारले ग¥यो चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक, कतार तमू (गुरुङ)समाज कतारको आयोजनामा आयोजित “चेलीबेटी भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तमुहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ समाजले प्रवासमा रहेका गुरुङ तथा गैर गुरुङ चेलीहरु सगं शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भेटघाट गर्दै चेली माईतीहरुको सम्बन्धलाई माया सद्भाव तथा दाजु बहिनीहरुको पबित्र सम्बन्धलाई आजिवन दिगो राख्न समाजले हरेक बर्ष हरेक बर्ष बिशेष धुमधामका साथ मनाउदै आईरहेको “माँङी त्हें“ पर्वको साथमा चेली माईती भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विधिवत् उद्घंघाटन सहित दिप प्रज्वलन,ब्यानर अनावरण गरेर् अघि बढेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तेज गु...

भोटेकोशीमा एमाले हाक्ने जिम्मेवारी सुन्तलीलाई

ब्रेकिङ न्युज २, राजनिती, समाचार
विदुर आचार्य नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा पूmर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित कार्यसमिति सर्वसम्वत निर्वाचित भएको हो । भोटेकोशी गाउँपालिका कमिटीले महिला नेतृत्व निर्वाचित गराएसँगै एमाले सिन्धुपाल्चोकको स्थानीय पार्टी कमिटीको नेतृत्वमा महिला नेतृत्व स्थापित भएको छ ।  पालिका कमिटी अध्यक्ष अमृत खड्काको अध्यक्षतामा भएको भब्य समारोहको बीच भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शरेश नेपाल, पोलिटब्युरो सदस्य अरुण नेपाल, प्रदेश ...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न 

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा विजय श्रेष्ठ र निभा श्रेष्ठ उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि सुसन खत्री र सुनिधी कक्षपति रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । दोस्रो डान कालो पेटीको कोरियन प्रमाणपत्र पनि वितरण गरिएको थियो । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।...

शैक्षिक अभियन्ता गिरिद्वारा ईन्द्रवतीको ८ विद्यालयका ९ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार
किरन थापा/नवलपुर शैक्षिक अभियन्ता मोहन बहादुर गिरिले ९ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा ७ विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिको उपस्थितिमा वडा नं ५ का पाँचवटा विद्यालय र वडा नम्बर ४ का ३ वटा विद्यालय गरी ८ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूका लागि पोशाक वितरण गरिएको हो । गिरिले ९०० विद्यार्थी र ६५ शिक्षकलाई एकसाथ न्यानो कपडा वितरण गर्नुभएको हो । ऐसेलुखर्क माध्यमिक विद्यालयमा संघिय सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ५ को ५ वटा विद्यालयहरू श्री ऐसेलुखर्क माध्यमिक विद्यालय, श्री जनसुधार आधारभूत विद्यालय, श्री सरस्वती आधारभूत विद्यालय, श्री नमोबुद्ध आधारभूत विद्यालय र श्री पुष्प गङ्गा आधारभूत विद्यालय तथा वडा नम्बर ४ को श्...

चौंथो निसान वक्तित्वकलाको उपाधि लिबर्टी एकेडेमी अत्तरखेललाई

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल निसान को आयोजनामा तथा यन्त्र स्कुलको समन्वयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । “लागु औषध दुव्र्यसनः युवा पुस्ताको चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा सफल लिबर्टी एकेडेमी प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इष्ट पोइन्ट एकेडेमी द्वितीय र जीवनतारा एकेडेमी तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेको छ । काठमाण्डौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारी, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामाजिक अभियन्ता उत्तम पुडासैनीलगायत सम्पूर्ण सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष सौर्यनाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो । उक्त अवसरमा निसानका प्रमुख सल्लाहकार ओम प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।...

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रीन

#, ब्रेकिङ न्युज २, समाचार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक शाखा अध्यक्षमा कमला पाख्रीन सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज (बिहिबार) भएको चौथो अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी शाखाको उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आईसिं तामाङ, सह–सचिवमा रविन दनुवार र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यहरुमा क्रमशः सरोज लामा, विपना तामाङ गोले, बरदान गुरुङ र प्रेम लामा चयन हुनुभएको छ । सोहीअनुसार संघीय प्रतिनिधिमा सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ रहनुभएको छ । त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझि, सुनिता रखाल र कविता श्रेष्ठ चयन हुनुभएको छ ।...

पूर्व शिक्षक दाहालद्वारा ३ सय ३७ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण

ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नवलपुर माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ३७ विद्यार्थीहरुको लागि मंगलबार न्यानो कपडा स्वेटर वितरण गरिएको छ । नवलपुरकै श्री सिदार्थ आधारभुत विद्यालयका पूर्व शिक्षक रामकृष्ण दाहालको पहलमा विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । दाहाल हाल अमेरिक बसोबास गर्दै समाजसेवा मा सक्रिय रहेका छन् । विद्यालयका प्रधानध्यपक सुरेन्द्रमान श्रेष्ठले दाहाललाई विद्यार्थीहरुलाई स्वेटर वितरण गरि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थी हरुको अध्यापन मा थप सहज हुने मा आफू विश्वस्त रहेको बताउनुभयो । विद्यालयमा स्वेटर ल्याउन विद्यालय का शिक्षिका चित्रकुमारी श्रेष्ठले पहल गरेका थिए । स्वेटर वितरण कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।...