सम्पर्क

पर्वत समाज कतारको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
पर्वत समाज कतारको आयोजनामा शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ । कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिति रहेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए । कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताउनु भएको थियो । उहाँले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताउनु भएको थियो । आपसी सद्भाव सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ संस्थाहरुसँग समेत मितब्यायी सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष ओम बहादुर क्षत्री सन्तोषले बताउनु भयो । आफु भर्खरमात्र समाजमा निर्वाचित भएर आएको बताउँदै उहाँले सल्लाह सुझाव र गुनासा समेत बुझनको लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । समाजका अध्यक्ष सन्तोष क्षत्रीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको स्वागत बरिस्ठ उपाध्यक्ष टिकाराम भुसालले र सञ्चालन सचिव सेवक विकले गर्नु भएको थियो । साँस्कृतिक कार्यक्रमको सहजीकरण सह सचिव कृष्ण दर्लामीले गर्नुभएको थियो । सो अवसरमा कतार फेन्सिङ फेडेरेसनको आयोजनामा कतारमा जारी ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगीतामा सहभागी हुन आएका खेलाडी द्व्य भीष्मराज दाहाल र सागर थापा लाई खादा लगाई सम्मान गरिएको थियो ।