दर्शन सुनार / लोकप्रिय दैनिक, कतार
तमू (गुरुङ)समाज कतारको आयोजनामा आयोजित “चेलीबेटी भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तमुहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ समाजले प्रवासमा रहेका गुरुङ तथा गैर गुरुङ चेलीहरु सगं शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भेटघाट गर्दै चेली माईतीहरुको सम्बन्धलाई माया सद्भाव तथा दाजु बहिनीहरुको पबित्र सम्बन्धलाई आजिवन दिगो राख्न समाजले हरेक बर्ष हरेक बर्ष बिशेष धुमधामका साथ मनाउदै आईरहेको “माँङी त्हें“ पर्वको साथमा चेली माईती भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विधिवत् उद्घंघाटन सहित दिप प्रज्वलन,ब्यानर अनावरण गरेर् अघि बढेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । गुरुङले तमुहरुको उत्पति कहाँ र कसरी भयो र माँङी त्हें पर्वको बारेमा समेत बताउदै तमु गुरुङ समाज कतारको स्थापना काल देखी नै चेली माईतीको सम्बन्ध गौरवशाली ईतिहास रहेको बताउनुभयो । तमु गुरुङ समाज कतारले आयोजना गरेका हरेक कार्यक्रमलाई विभिन्न कोण आर्थिक,नैतिक भौतिक, सहयोग र सहकार्य गर्दै आईरहेका समाजको मातहतमा रहेका विभिन्न बिभागका विभिन्न बिधाका पदाधिकारीहरु,संघका विशिष्ट ब्यक्तित्वहरु, मानार्थ सदस्य,खेलकुद कलाकार तथा पत्रकारहरुलाई समाजले दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार गुना मगर, गोबिन्द गुरुङ,अजय बिसी,विशाल गुरुङ लगायत समाजको संरक्षकत्वमा गठित महिला बिभागमा आवद्ध रहेका थुप्रै कलाकारहरुले गायन तथा विभिन्न बिधाका सामुहिक नृत्य र तथा एकल नृत्य पेश गरेका थिए । तमु गुरुङ समाज कतारलाई नेपाल प्रवासी तामाङ समाज कतारले उपहार स्वरुप (सगुन)कोशेली प्रदान गरेका थिए । स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको हरिनाश गाउपालिका ईकाईले कार्यक्रमका सभापति टौमाया गुरुङ,प्रमुख अतिथि माया केसी,महिला संयोजक शिला गुरुङलाई पछयौरी ओढाएर सम्मान गर्दै गुन्यु चोली ग्रहण गरेको थियो । कार्यक्रममा कोशेली बोकेर आएका दुबै संस्थाका चेलीबेटीहरुलाई गुरुङहरुको संस्कार दस्तुर सहित समाजले चेलीबेटीलाई बिदाई गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि केसीले आफ्नो मन्तव्यमा बा¥ह महापुरुष र सात कन्याहरुबाट जन्म भएको समुदायको परम्परागत संस्कार अनुसार विशेष महत्त्वका साथ कार्यक्रममा आफुलाई सम्झेर प्रमुख अतिथीको भुमिका निर्वाह गर्न अवसर दिएकोमा समाज प्रति हार्दिक आभार ब्यक्त गर्नुभएको थियो । समाजका महासचिब डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति टौमाया गुरुङले प्रवासमा तमुहरुको परम्परा संस्कृतिलाई जगेर्ना गर्दै समाजले आयोजना गरेका हरेक कार्यक्रमलाई साथ सहयोग गर्ने सबैलाई धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दै समाजमा आवद्ध भएर असल मार्गमा हिड्न हौसला प्रोत्साहन गर्ने माईतीहरुको माया र साथ सदैब पाईरहने अपेक्षा समेत गरिन् । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरु सगै थुप्रै माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । बा¥ह महापुरुष र सात कन्याहरुको भेट भएको दिनलाई माँङी त्हें भनिन्छ । उक्त दिन महिला दिदीबहिनी चेलीबेटीहरुलाई सम्मान गर्दै मिठा खानाका परिकारहरु खुवाएर मनाईने चलन रहेको पाईन्छ । तमु समुदायले माघे सक्रान्तीलाई माङी दिनको रुपमा मनाउछन भने अन्य विभिन्न समुदायले मकर सक्रान्ती, तिलुवा सक्रान्ती, माघी आदी विभिन्न नामले मनाउछन् अन्य समुदायले मान्ने प्रचलन, मान्यता र परम्पराभन्दा तमु समुदायले मान्ने प्रचलन, मान्यता र परम्परा एकदम फरक पृथक र प्रकृति संगत रहेको उल्लेख छ
