सम्पर्क

ब्रेकिङ न्युज २

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ माघः क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह...

निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति, अध्यक्षमा दुर्गा ढुङ्गेल

ब्रेकिङ न्युज २, समाचार
नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा दुर्गा प्रसाद ढुङ्गेल चयन हुनु भएको छ । संगठनको १२औं जिल्ला अधिवेशनबाट ढुङ्गेललाई अध्यक्षमा चयन गरेको हो । संगठनको उपाध्यक्ष डुम बहादुर विक, उपाध्यक्ष (महिला) पुनम भण्डारी, सचिव डोल बहादुर घले, कोषध्यक्ष राजन भुजेल र सहसचिवमा राजेन्द्र प्रसाद सुवेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जगदिश ढकाल, सरोज धिताल, गंगादत्त कपाडी, लिला श्रेष्ठ, रविराज धिताल, कृष्ण कुमार शा, प्रगती भण्डारी, हरी कृष्ण खड्का, समिता थापा, चण्डीका चौलागाई र ज्ञानु तामाङ रहनुभएका छन् । यसैगरी प्रदेश प्रतिनिधीमा तिलक राई, अनिरुद्र तिमल्सिना र जयदेवी खड्का चयन हुनुभएको छ । केन्द्रिय प्रतिनिधी तर्फ कमलादेवी श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गोविन्द प्रसाद कोईराला र रामा प्रसाद न्यौपाने चयन हुनुभएको छ ।...
शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी तेर्से माविले जितेको छ । मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइलन खेलमा जाल्पादेवी मा.वि., जैसीगाउँलाई ३–१को सेटमा पराजित गर्दै आयोजक श्री तर्से मा.वि. विजेता बन्न सफल भएको छ । त्यसैगरी महेन्द्र मा.वि. इचोकले हेलम्बु बोधिसत्व मोडल स्कुललाई २–१ पराजित गर्दै तृतीय स्थान हासिल गरेको प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो । शुक्रबार सुरुभएको खेलमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । बिजेतालाई २५ गते बार्षिक उत्सवका अवसरमा प्रथम, दित्तिय र तृतीय...

के थियो माघ १९ को त्यो शाही घोषणामा ? (पूर्णपाठ)

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  प्यारा देशबासीहरू, १. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्त्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ। २. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनस्र्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौँ । हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पु¥याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन् । सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त...

संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताउनुभएको छ । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो । “संसद्मा विचाराधिन विधेयकहरु द्रुत गतिमा निर्माण जरुरी छ”, सभापति देउवाले भन्नुभयो, “सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।” हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उहाँको भनाइ थियो । त्यस्तै, वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्नुहुँदै सभापति देउवाले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमति...

पत्रकार महासंघ द्धारा सामाजिक सञ्जाल विधेयक स्वीकार नगर्ने , समचारमा चित्त नबुझे प्रेसकाउन्सिलमा उजुरी गर्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाण्डौ नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ।सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने महासंघको भनाइ रहेको छ।महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गरेर अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको उल्लेख गर्नु भएको छ।‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, ह...

सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ गीत रिलिज (भिडियो सहित)

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियो सहित रिलिज भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारी मार्फत बुधबार बिहान ७ बजे रिलिज भएको हो । उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी भिडियो सहित रिलिज गरिएको हो ।देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो , सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली –२’युटुव च्यानल मार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडीयो सहितको राष्ट्रिय गीतले धेरैको मन जित...

मगरहरुको साँस्कृतिक (वाङ्ग) राजामा रमेश कनौजे मगर

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक नेपाल मगर संघ शाखा कतारले वाक्राको समुन्द्र विचमा एक आन्तरिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गर्दै यस बर्षको सांस्कृतिक (वाङ्ग) राजा चुनेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि संघले माघ्या सकराटी (मगर मिनाम ल्हेस) कार्यक्रमको अवसर पारेर संस्कार र संस्कृतिलाई जोगाई राख्न तथा आफ्नो परम्परालाई निरन्तरता दिदै संघले दौड प्रतियोगिता गरेर कतारको लागी मगरहरुको राजा चुनेको हो । यस बर्षको (वाङ्ग) राजामा पहिलो स्थान हासिल गर्न सफल पाल्पा जिल्लाका रमेश कनौजे मगर यस बर्षको राजा हुनुभएको छ भने दोस्रो स्थान हासिल सफल गर्न पाल्पा जिल्लाकै जनक थापा मगर रहनुभएको छ । दौड प्रतिस्पर्धा गरेर राजा चुनिने रोचक प्रतियोगितामा संघका प्रमुख सल्लाहकार विवेक पुलामि मगर,सल्लाहकार भिम तरामु मगर,जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर,रबिन मगर, लगायत संघमा आवद्ध रहेका अन्य मगर जवानहरू...

बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, साहित्य
रत्न राज्य क्याम्पस काठमाण्डौमा बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत माघ १३ गते भएको उक्त कार्यक्रम प्रलेस बागमती प्रदेश कमिटीको आयोजनामा भएको थियो । सो कार्यक्रममा प्रगतिवाद र अपाङ्गता, वर्तमान सन्दर्भमा माक्र्सवाद, वर्तमान सन्दर्भमा माक्र्सवादी साहित्य जस्ता वैचारिक विषयहरु निर्धारण गरिएको थियो । यी विषयमा बोल्ने वक्ताहरुमा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष तथा हालका सल्लाहकारहरु डा. अमर गिरी, प्रा. डा. जीवेन्द्र देव गिरी हुनुहुन्थ्यो । अन्य वक्ताहरुमा प्रगतिशील लेख संघका सल्लाहकारहरु गोपी रमण उपाध्याय, सीता शर्मा, रामप्रकाश पुरी हुनुहुन्थ्यो । अर्का वक्ता तथा कार्यपत्र प्रस्तोता डा. गोविन्दप्रसाद आचार्य र टिप्पणीकर्ता निमग्ना घिमिरे हुनुहुन्थ्यो । सो कार्यक्रम प्रलेस, बागमती प्रदेशका अध्यक्ष डा.हरिप्रसाद सिलवालको अध्यक्षतामा र प्रलेस केन्द्रीय कमिटीक...

२३ जनाले गरे रक्तदान

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु गाउँपालिका वडा नं. २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । स्थानीय , कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।...