सम्पर्क

निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति, अध्यक्षमा दुर्गा ढुङ्गेल

नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा दुर्गा प्रसाद ढुङ्गेल चयन हुनु भएको छ । संगठनको १२औं जिल्ला अधिवेशनबाट ढुङ्गेललाई अध्यक्षमा चयन गरेको हो ।
संगठनको उपाध्यक्ष डुम बहादुर विक, उपाध्यक्ष (महिला) पुनम भण्डारी, सचिव डोल बहादुर घले, कोषध्यक्ष राजन भुजेल र सहसचिवमा राजेन्द्र प्रसाद सुवेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जगदिश ढकाल, सरोज धिताल, गंगादत्त कपाडी, लिला श्रेष्ठ, रविराज धिताल, कृष्ण कुमार शा, प्रगती भण्डारी, हरी कृष्ण खड्का, समिता थापा, चण्डीका चौलागाई र ज्ञानु तामाङ रहनुभएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधीमा तिलक राई, अनिरुद्र तिमल्सिना र जयदेवी खड्का चयन हुनुभएको छ ।
केन्द्रिय प्रतिनिधी तर्फ कमलादेवी श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गोविन्द प्रसाद कोईराला र रामा प्रसाद न्यौपाने चयन हुनुभएको छ ।