सम्पर्क

शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

देवराज सुवेदी
मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी तेर्से माविले जितेको छ । मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइलन खेलमा जाल्पादेवी मा.वि., जैसीगाउँलाई ३–१को सेटमा पराजित गर्दै आयोजक श्री तर्से मा.वि. विजेता बन्न सफल भएको छ । त्यसैगरी महेन्द्र मा.वि. इचोकले हेलम्बु बोधिसत्व मोडल स्कुललाई २–१ पराजित गर्दै तृतीय स्थान हासिल गरेको प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो । शुक्रबार सुरुभएको खेलमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । बिजेतालाई २५ गते बार्षिक उत्सवका अवसरमा प्रथम, दित्तिय र तृतीय हुनेलाई २०,१५ र १० हजार पुरस्कार प्रदान गरिने आयोजक विद्यालयका शिक्षक कृष्ण ढुंगानाले जानकारी दिनुभयो ।