सम्पर्क

इन्द्रावतीमा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन

इन्द्रावती गाउँपालिकामा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम ९ग्ल्म्ए न्भ्ँ क्न्ए० को सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो ।
सिन्धुपाल्चोक जिल्ला बाढी, लगातारको पहिरो तथा भू–क्षयको हिसाबले नेपालको सबैभन्दा जोखिममा रहेको जिल्ला हो । पहिरो जाने र जमिनको क्षति हुने बिभिन्न कारणहरु छन् । त्यसमा भौगर्भिक अवस्था, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, अवैज्ञानिक खेती प्रणली र जलवायु परिवर्तनको नकारात्मक असर प्रमुख कारण हुन् । भूू–क्षयको पीडा सबैलाई छ तर अपाङ्गता भएका व्यक्तिहरू यसको उच्च जोखिममा छन् । समुदायमा अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा उपेक्षित र पिछडिएका समूह भित्र पर्दछन् । उनीहरुका सवालहरू विकास, विपद् जोखिम र जलवायु परिवर्तन आदिमा कमै सम्बोधन हुने गरेको पाइन्छ । इन्द्रावती गाउँपालिकामा मात्र ६५४ जना अपाङ्गता भएका व्यक्तिहरू छन् । भूू–क्षय तथा पहिरो जन्य प्रकोपवाट सबैभन्दा बढी जोखिममा उनीहरुनै छन् । तसर्थ, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको सहयोग र इन्द्रावती गाउँपालिकासंगको सहकार्यमा पालिकाको मध्य क्षेत्रमा “कसैलाई पछाडि नपारी अपाङ्गता समावेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम” सञ्चालन गरिरहेको छ ।
यो कार्यक्रमको मुल उद्धेश्य भनेको समुदाय तहमा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यासहरुको प्रदर्शन गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको भू–संरक्षणमा सामूहिक पहलहरूको लागि क्षमता विकास गर्ने, अपाङ्गता मैत्री भू–संरक्षण, विकास र प्रबर्धन गर्नका लागि स्थानीय सरकार, सरोकारवाल निकायहरु तथा सामुदायिक संस्थाहरुको सह–लगानिमा कार्यक्रमहरु सञ्चालन गर्ने रहेको कुरा संस्थाका कार्यक्रम संयोजक हरिप्रसाद तिमल्सिनाले बताउँनु भयो ।
क) समुदाय तहमा अपाङ्गता समावेशी भू–संरक्षण अभ्यासहरुको प्रर्दशनी ः नर्सरी स्थापनाको लागि सामाग्री सहयोग गर्ने, बृक्षारोपणका लागि जग्गा तयारी र भिरालो जमिन ब्यस्थापन तथा गह«ासुधारका लागि प्रर्दशनी अभ्यासहरु सञ्चालन भएको छ । अपाङ्गता मैत्री प्राङ्गारिक तरकारी खेती सम्बन्धी तालिम, अपाङ्गता मैत्री प्राङ्गारिक तरकारी खेतीका लागि सामाग्री सहयोग, तथा अपाङ्गता मैत्री जीविकोपार्जन तथा उद्यमशीलता बिकासका लागि सहयोगका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
भू–अपकर्षण तथा जनजीविका सम्बन्धित क्रियाकलापहरु जिल्लास्तरीय सरोकारवाला तथा सरकारी निकायहरुसँगको समन्वयमा सञ्चालन भएका छन् ।
ख)अपाङ्गता भएका व्यक्तिहरूको भू–संरक्षणमा सामूहिक पहलहरूको लागि क्षमता विकास ः पालिका स्तरमा सरोकारवाला निकायहरु बिच परियोजनाको परिचयात्मक बैठक, वडा तथा समुदाय तहमा परिचयात्मक कार्यक्रम, अपाङ्गता भएका ब्यक्तिहरु छनौट गरि ६ वडामा भू–संरक्षण समूह गठन भएको छ ।.गठन भएका समूहहरुको संस्थागत नेतृत्व क्षमता विकास तालिम, नर्सरी ब्यवस्थापन तालिम र उद्यम विकास तथा जीविकोपार्जन सम्बन्धी विभिन्न सीपमुलक तालिमहरु संचालन भएको समेतसंयोजक तिमल्सिनाले जानकारी दिनु भयो । उँहाले इन्द्रावती गाउँपालिकामा १८ महिना सम्म संचालन हुने उक्त कार्यक्रमकालागी स्थानिय समुदाय, स्थानिय साझेदार संस्थाहरुको सह–लागनी समेतको वजेट अनुमानीत ५७ लाख छयालिस हजार रहेकोे बताउँनु भयो । कार्यक्रम २०२५ अप्रिल सम्म सञ्चालन हुने भएको छ ।