सम्पर्क

ब्रेकिङ न्युज २

श्रेष्ठलेद्धारा चौतारा साँगाचोकगढी–४ लाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि चौतारा साागाचोकगढी नगरपालिका वडा नं ४ का राजु श्रेष्ठले दुई वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभएको छ । स्थानीय नागरिकहरुको आग्रह र आवश्यकता तथा स्वास्थ्य समस्याला ई मध्यनजर गर्दै उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो । स्थानीय स्वास्थ्य समस्याका विषयमा वडामा सामूहिक छलफल गर्दै, वडा स्वास्थ्यकर्मीहरको सल्लाह अनुसार अक्सिजन उपकरणको आवश्यकता देखिएको र उक्त यन्त्र प्रदान गरिएको श्रेष्ठले जानकारि दिनुभयो । ‘स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको हो’, श्रेष्ठले जानकारि दिनुभयो । उक्त पाएपछि स्थानीयमा खुसी छाएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा सुदीप श्रेष्ठको समन्वयमा सामाग्री उपलब्ध गराईएको हो । बागमती...

डडुवाका कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण

कृषि, ब्रेकिङ न्युज २, समाचार
   सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ । वडा कार्यालयको अनुदानमा जनमिलन बचत तथा ऋण सहकारी संस्था मार्फत् २१ प्रतिशत अनुदानमा प्रति किलो जिटेन रु ६०० र एनपी थटी थटी रु. ५०० मा वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कृषकहरूको मागका आधारमा करिब १,४०० प्याकेट धानको बीउ आवश्यक परेकोमा हालसम्म १,१०० प्याकेट वितरण भइसकेको र बाँकी ३०० किलो बीउ छिट्टै ल्याएर वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि वडा कार्यालयले मकैको बीउ पनि सहुलियत दरमा वितरण गरेको थियो । यस कार्यक्रमले कृषकहरूलाई समयमै बीउ उपलब्ध गराई उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।...

काठमाडौँको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो । काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले ज...

नगरपालिकाको पहलमा सहिद परिवारदेखि ज्येष्ठ नागरिकसम्मलाई निःशुल्क स्वास्थ्य सेवा

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले निम्न वर्गीय परिवारहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यस योजनाले जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता तथा घाइतेका परिवारहरूलाई प्राथमिकतामा राखेको छ । दोस्रो प्राथमिकतामा दीर्घरोगी, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविका छन्। तेस्रो प्राथमिकतामा दलित, सीमान्तकृत समुदाय, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्रका खेलाडीहरू समावेश छन् । १६औँ नगरसभाबाट पारित नीति अनुसार, नगरपालिकाले प्रत्येक लाभग्राहीको तर्फबाट वार्षिक ३,५०० रुपैयाँ प्रिमियम तिरेको छ । यस योजनाअन्तर्गत, लाभग्राहीहरूले देशभरका अस्पतालहरूबाट वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् । यो पहलले स्वास्थ्य सेवामा पहुँच नपाएका वर्गहरूलाई लक्षित गर्दै संविधानमा उल्लेखित “स्वास्थ्य सबैको अधिकार हो“ भन्ने मर्मलाई व्यवहारमा उतार्ने ...

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ  महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्ग...

सहकारी भवन शिल्यान्यास

ब्रेकिङ न्युज २, समाचार
चण्डिका नेपाली सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ११ स्थित जरायोटार साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । मंगलबार बागमती प्रदेश सभा सदस्य युवराज दुलालले उक्त भवनको शिल्यान्यास गर्नुभएको हो । भवनको शिल्यान्यास गर्दै प्रदेश सभा सदस्य दुलालले सामाजिक र आर्थिक विकासका लागि सहकारीसँग समन्वयको आबश्यकता रहेको बताउनुभएको छ । उहाँले विकासको प्राथमिकता दिंदा नागरिकले प्रत्यक्ष लाभ पाउने ठाउँ हेर्नुपर्ने समेत बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगर प्रमुख आइतमान तामाङले सहकारीको माध्यमबाट नगरलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले भवन निर्माण पछि सहकारीलाई सर्वसाधारणको सेवा प्रवाहमा सहज हने बताउनुभएको थियो । प्रदेश सरकारसँग मेलम्ची नगरपालिकाले साझेदारी गरेर ५५ लाख रुपैया बजेटमा भवन निर्माण हुन लागेको वडाअध्यक्ष चन्द्रबहादुर तामाङले...

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः मन्त्री खड्का

ब्रेकिङ न्युज २, समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उहाँले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताउनुभएको हो । मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गर्नुभयो । “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उहाँले भन्नुभयो । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले ब...

एक साताको लागि तातोपानी मार्ग बन्द

ब्रेकिङ न्युज २, समाचार
नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका एक साताको लागि  बन्द भएको छ । बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत पर्ने कोप्लाङ क्षेत्रमा हालैको वर्षाले सडक भासिएपछि मर्मतका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म मार्ग बन्द गरिएको हो । सडकको अवस्था दिनदिनै बिग्रँदै गएको भन्दै सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार, र ट्रान्सपोर्ट व्यवसायीहरूको संयुक्त निर्णयपछि सडक पूर्ण रूपमा अवरुद्ध गरेर दीर्घकालीन मर्मत सुरु गरिएको हो । अस्थायी रूपमा माटो हालेर सडक खुलाउने प्रयास असफल भएपछि अब भोटेकोशी नदीको तलबाट प्लम्ब ढलान बनाएर सडक पुनर्निर्माण गरिँदैछ । शिव खिम्ती र टीपीएस जेभी निर्माण कम्पनीले यो कठिन काम सम्हालेका छन् । सडक बन्द भएपछि तातोपानी नाकाबाट काठमाडौंतर्फ ल्याइँदै गरेका सामग्रीहरू र सवारीसाधन बीचैमा रोकिएका छन् । भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसा...

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कपको उपाधि वडा नं. ९ भोटसिपाले जित्यो

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ भोटसिपाले हात पारेको छ । आईतबार भएको फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर १० ले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको टोली वडा नं. ११ ले ४० हजार नगद पाएको छ । उसले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । बैशाख २६ गतेदेखी इन्द्रावती रंगशालामा सञ्चालन भएको प्रतियोगिता गाउँपालिकाका ११ वटा वडाहरूले सहभागीता रहेको थियो ।...

बाह्रबिसेमा मानसिक स्वास्थ्य शिविरः ५० भन्दा बढी स्थानीय लाभान्वित

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ स्थित नगर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार बाह्रबिसे नगरपालिकाको आयोजना र आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर गौशालाको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ५० भन्दा बढी स्थानीयले निःशुल्क मानसिक रोग परीक्षण, परामर्श, र औषधि सेवा प्राप्त गरे । शिविरमा वरिष्ठ मनोचिकित्सक डा. पुष्प शर्मा र अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी प्रबन्ध निर्देशक साधना थापाले मानसिक समस्यालाई समाजमा हेर्ने संकुचित दृष्टिकोणले आत्महत्याजस्ता घटनाहरू बढेको बताउँदै, यस्ता शिविर र सचेतना कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो । कार्यक्रमका बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत र वडाध्यक्षको उपस्थितिमा म्याग्नेस फर्मा र स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो । उक्त शिविरल...