सम्पर्क

डडुवाका कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण

   सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ । वडा कार्यालयको अनुदानमा जनमिलन बचत तथा ऋण सहकारी संस्था मार्फत् २१ प्रतिशत अनुदानमा प्रति किलो जिटेन रु ६०० र एनपी थटी थटी रु. ५०० मा वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

कृषकहरूको मागका आधारमा करिब १,४०० प्याकेट धानको बीउ आवश्यक परेकोमा हालसम्म १,१०० प्याकेट वितरण भइसकेको र बाँकी ३०० किलो बीउ छिट्टै ल्याएर वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि वडा कार्यालयले मकैको बीउ पनि सहुलियत दरमा वितरण गरेको थियो । यस कार्यक्रमले कृषकहरूलाई समयमै बीउ उपलब्ध गराई उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।