सम्पर्क

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कपको उपाधि वडा नं. ९ भोटसिपाले जित्यो

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ भोटसिपाले हात पारेको छ ।
आईतबार भएको फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर १० ले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
तेस्रो भएको टोली वडा नं. ११ ले ४० हजार नगद पाएको छ । उसले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।
बैशाख २६ गतेदेखी इन्द्रावती रंगशालामा सञ्चालन भएको प्रतियोगिता गाउँपालिकाका ११ वटा वडाहरूले सहभागीता रहेको थियो ।