चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि चौतारा साागाचोकगढी नगरपालिका वडा नं ४ का राजु श्रेष्ठले दुई वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभएको छ । स्थानीय नागरिकहरुको आग्रह र आवश्यकता तथा स्वास्थ्य समस्याला
ई मध्यनजर गर्दै उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।
स्थानीय स्वास्थ्य समस्याका विषयमा वडामा सामूहिक छलफल गर्दै, वडा स्वास्थ्यकर्मीहरको सल्लाह अनुसार अक्सिजन उपकरणको आवश्यकता देखिएको र उक्त यन्त्र प्रदान गरिएको श्रेष्ठले जानकारि दिनुभयो । ‘स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको हो’, श्रेष्ठले जानकारि दिनुभयो । उक्त पाएपछि स्थानीयमा खुसी छाएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा सुदीप श्रेष्ठको समन्वयमा सामाग्री उपलब्ध गराईएको हो । बागमती प्रदेश स्वस्थ्य मन्त्रालयमा स्थानीय समस्या र आवश्यकताबारे जानकारी समेत गराइएको र वडाको आवश्यकता परिपूर्तिमा मन्त्रालय सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्व नगर प्रमुख तथा नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य अमानसिंह तामाङबाटसामाग्री हस्तान्तरण गर्दै श्रेष्ठले नेकपा एमालेका जिल्ला नेताहरू, वडा अध्यक्षहरू, बिजि मिलन युवा समूह तथा स्थानीयहरूको संयुक्त प्रयासमा प्राप्त उपकरण हस्तान्तरण गरिएको हो । श्रेष्ठ गत स्थानीय निर्वाचनमा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार तथा निकटतम प्रतिस्पर्धी समेत रहनुभएको थियो ।
