सम्पर्क

सहकारी भवन शिल्यान्यास

चण्डिका नेपाली
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ११ स्थित जरायोटार साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । मंगलबार बागमती प्रदेश सभा सदस्य युवराज दुलालले उक्त भवनको शिल्यान्यास गर्नुभएको हो ।
भवनको शिल्यान्यास गर्दै प्रदेश सभा सदस्य दुलालले सामाजिक र आर्थिक विकासका लागि सहकारीसँग समन्वयको आबश्यकता रहेको बताउनुभएको छ ।
उहाँले विकासको प्राथमिकता दिंदा नागरिकले प्रत्यक्ष लाभ पाउने ठाउँ हेर्नुपर्ने समेत बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगर प्रमुख आइतमान तामाङले सहकारीको माध्यमबाट नगरलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले भवन निर्माण पछि सहकारीलाई सर्वसाधारणको सेवा प्रवाहमा सहज हने बताउनुभएको थियो । प्रदेश सरकारसँग मेलम्ची नगरपालिकाले साझेदारी गरेर ५५ लाख रुपैया बजेटमा भवन निर्माण हुन लागेको वडाअध्यक्ष चन्द्रबहादुर तामाङले बताउनु भयो । कार्यक्रम सहकारी अध्यक्ष शिवप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।