सम्पर्क

बाह्रबिसेमा मानसिक स्वास्थ्य शिविरः ५० भन्दा बढी स्थानीय लाभान्वित

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ स्थित नगर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार बाह्रबिसे नगरपालिकाको आयोजना र आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर गौशालाको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ५० भन्दा बढी स्थानीयले निःशुल्क मानसिक रोग परीक्षण, परामर्श, र औषधि सेवा प्राप्त गरे ।
शिविरमा वरिष्ठ मनोचिकित्सक डा. पुष्प शर्मा र अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी प्रबन्ध निर्देशक साधना थापाले मानसिक समस्यालाई समाजमा हेर्ने संकुचित दृष्टिकोणले आत्महत्याजस्ता घटनाहरू बढेको बताउँदै, यस्ता शिविर र सचेतना कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत र वडाध्यक्षको उपस्थितिमा म्याग्नेस फर्मा र स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
उक्त शिविरले मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकुचित दृष्टिकोणलाई परिवर्तन गर्न र मानसिक समस्याहरूको पहिचान तथा समाधानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।