सम्पर्क

ब्रेकिङ न्युज २

तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा रहेको महिला विभागले गर्‍यो दाजुभाई सम्मान तथा भेटघाट

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारवासी तमूहरुको साझा संस्था तमू (गुरुङ) समाजको संरक्षकत्वमा स्थापित महिला विभागले शुक्रबार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको महिला विभागका संयोजक तिलमाया गुरुङको सभापतित्व तथा तमू (गुरुङ) समाज कतारका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद गुरुङको प्रमूख आतिथ्यतामा फुलबारी रेष्टुरेन्टको सभाहलमा विभागले बैशाख पूर्णिमाको अवसर पारेर “दाजुभाई भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमूख अतिथीको आसन ग्रहणसँगै समाजका संरक्षकहरु, सल्लाहकार तथा विशिस्ट ब्यक्तिहरुलाई ख्रेगी (फेटा) द्धारा सम्मान गरिएको थियो । तमूहरुको संस्कार र संस्कृति अनुसार बिधिगत रुपमा नेपालको राष्ट्रिय गान, गुरुङहरुको राष्ट्रिय गित, सहित ब्यानर अनावरण तथा दिप प्रज्वलन गर्दै कार्यक्रमको समुद्धघाटन गरिएको थियो । हरेक बर्ष बैशाख पूर्णिमाको अवसरमा मा...

सिन्धुपाल्चोकमा गणतन्त्र दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने

ब्रेकिङ न्युज २, समाचार
गणतन्त्र दिवस २०८२ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा जेठ १४, १५ र १६ गतेसम्म विविध कार्यक्रमहरू आयोजना गर्दै तीन दिनसम्म भव्य रूपमा गणतन्त्र दिवस मनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समितिका प्रमुख बालककृष्ण श्रेष्ठको संयोजकत्वमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार महासंघका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तिहरूको सहभागितामा गणतन्त्र दिवस जिल्ला समारोह समिति गठन गरिएको छ । समितिको जेठ ९ गते बसेको बैठकले निम्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ः स्वास्थ्य परीक्षण कार्यक्रमः जेठ १० गते जनस्वास्थ्य कार्यालयले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग लगायत नसर्ने रोगहरूको परीक्षण गर्ने । राष्ट्रिय झण्डा र दीप प्रज्वलनः जेठ १४, १५ र १६ गते जिल्ला...

व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
कौसीला नेपाली मेलम्ची नगरपालिकाको आयोजनामा व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा  पशु शाखाका प्रमुख उपेन्द्र पण्डित, कर्मचारीहरू दीपक थापा, विनोद तामाङ,  उषा कार्की, पविन गिरि, आदेश राना मगरले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गाई भैंसीपालनको महत्त्व साथै वर्तमान अवस्थाबारे, गाई भैंसीका जातहरू बारे शाखा प्रमुख उपेन्द्र पण्डितले जानकारी गराउनु भयो । गाई भैंसी पालन गर्ने धेरैले तरिकाहरू छन् । तर कुन तरिकाबाट पाल्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका  हावापानी ,आहारको उपलब्धता, सामाजिक परम्परा ,जनशक्तिको उपलब्धता एवम् बजारको व्यवस्थामा निभर गर्दछ । कार्यक्रम मा सहभागीलाई दीपक थापाले जानकारी गराउनुभयो ।  कार्यक्रममा सहभागी महिला तर्फमा  राधाकुमारी  बन्जाराले ३ दिने तालिममा सिकेका कुरा भन्नुभयो । पुरुष तर्फमा दीपेन्द्र गुरागाईँले आफैले दाना कसरी उत्पादन गर्नै ...

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
भक्तपुर, ८ जेठः ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्...

आगामी असार मसान्तभित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सकिसक्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले तोकिएको समयसीमाभित्र जग्गाको वर्गीकरण नहुने हो भने विभिन्न समस्याहरू देखापर्ने उल्लेख गर्नुभयो । “सबै पालिकालाई आगामी असार मसान्तसम्म जग्गाको वर्गीकरण गरिसक्न भनिएको छ । यदि त्यो बेलासम्म वर्गीकरण भएन भने कित्ताकाट रोकिन्छ । किनबेच र अंशबन्डा बन्द हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री अधिकारीले घरजग्गासम्बन्धी काम सहज बनाउन तथा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने उद्देश्यसहित भूमिसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्नुहुँद...

लिसखुंमा एमाले र माओबादी परित्याग गरी काँग्रेसमा प्रबेस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गांउ पालीका मा सयौको सख्यामा नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ । मङ्गलबार वडानं–२ निगाले नार गांउ मा सम्पन्न भएको खानेपानी आयोजना को उद्घघाटन पछी लिसंखु ककलिङ घ्याङडांडा मा भएको नेपाली कांग्रेस को सभा मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतले नव प्रबेशीहरुलाइ स्वागत गर्दै पाटी प्रबेश गराउँनु भएको हो । उँहाले नेपाली काँग्रेसमा प्रबेश गरेका नयाँ कार्यकर्ताहरुको क्षमता र कार्य मुल्याङ्कनका आधारमा जिम्मेवारी दिइने बताउँनु भयो । जिल्ला पाटी सचिब एबम त्रिपुरासुन्दरी गांउ पालिका अध्यक्ष भक्त ध्वज बोहरा नेपाली काँग्रेस क्षेत्र नं १का सभापती एवम बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत बागमति प्रदेश पुर्व मन्त्री माननीय मसिना खड्का भण्डारी भोटेकोशी गांउ पालिका अध्यक्ष पासाङ नोर्बु लामा लगायत ले सम्बोधन गर्नु ...

खेलकुद महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोककले नयाँ नेतृत्व पाएको छ । आइतबार जिल्ला सदरमुकाम चौतारा स्थित नेकपा एमाले जिलला पार्टी कार्यालयमा सम्पन्न चौथो अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश तामाङर सुजता सापकोटा, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवद्धय अमिर श्रेष्ठ र पासाङ शेर्पा, कोषाध्यक्षमा टासी शेर्पा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धार्थ तामाङ, संगम तामाङ र निरु श्रेष्ठ चौथो अधिवेशनबाट चयन भएका हुन् । आइतबार जिलला पार्टी कार्यालयमा महासंघको महासचिव धरमबहादुर लामाले अधिवेशनको उद्धाटन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमासिंङ तामाङ, महासंघका सचिव प्रभूनारायण सिवाकोटी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बालकुमारी सापकोटा, ईन्द्र नेपाल तथा महासंघका जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थि...

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

ब्रेकिङ न्युज २, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भन्नुभयो, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत्का क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ । के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस...

बागमती प्रदेशको आगामी बजेटमा स्थानीय आवश्यकता समावेश गर्न सांसद समीरको पहल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहको सहभागिता र आवश्यकताको बारेमा छलफल गरेको छ । शनिवार होटल टिबेट बौद्धमा भएको कार्यक्रममा माननीय कृष्ण कुमार तामाङ(समीर) ले बजेटको पूर्व सन्ध्यामा नेपाली काँग्रेस क्षेत्र नं २ का ४९ वटा वडाका नेपाली काँग्रेसका पदाधिकारी प्रतिनिधिहरू, नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरू समेतलाई बोलाइ स्थानीय विकासका लागी कहाँ कहाँ कसरी के के समस्या छन् ? कुन कुन विषयमा कसरी बजेट विनियोजन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको विशेष उपस्थितिमा भएको छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई ज...
डडुवाका कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण

डडुवाका कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्ला, चौतारासाँगाचोकगढी नगरपालिका–१४ मा कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ । वडा कार्यालयको अनुदानमा जनमिलन बचत तथा ऋण सहकारी संस्था मार्फत् प्रति किलो रु १६० मा बीउ वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कृषकहरूको मागका आधारमा करिब १,४०० किलो धानको बीउ आवश्यक परेकोमा हालसम्म १,१०० किलो वितरण भइसकेको र बाँकी ३०० किलो बीउ छिट्टै ल्याएर वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि वडा कार्यालयले मकैको बीउ पनि सहुलियत दरमा वितरण गरेको थियो । यस कार्यक्रमले कृषकहरूलाई समयमै बीउ उपलब्ध गराई उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।...