सम्पर्क

लिसखुंमा एमाले र माओबादी परित्याग गरी काँग्रेसमा प्रबेस

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गांउ पालीका मा सयौको सख्यामा नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ । मङ्गलबार वडानं–२ निगाले नार गांउ मा सम्पन्न भएको खानेपानी आयोजना को उद्घघाटन पछी लिसंखु ककलिङ घ्याङडांडा मा भएको नेपाली कांग्रेस को सभा मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतले नव प्रबेशीहरुलाइ स्वागत गर्दै पाटी प्रबेश गराउँनु भएको हो । उँहाले नेपाली काँग्रेसमा प्रबेश गरेका नयाँ कार्यकर्ताहरुको क्षमता र कार्य मुल्याङ्कनका आधारमा जिम्मेवारी दिइने बताउँनु भयो । जिल्ला पाटी सचिब एबम त्रिपुरासुन्दरी गांउ पालिका अध्यक्ष भक्त ध्वज बोहरा नेपाली काँग्रेस क्षेत्र नं १का सभापती एवम बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत बागमति प्रदेश पुर्व मन्त्री माननीय मसिना खड्का भण्डारी भोटेकोशी गांउ पालिका अध्यक्ष पासाङ नोर्बु लामा लगायत ले सम्बोधन गर्नु भएको थियो। उक्त सभामा नेकपा एमाले र माओबादी परित्याग गरी सयौ को संख्यामा नेपाली कांग्रेस मा प्रबेश गरेको हो । नब प्रबेशी हरूलाई नेपाली कांग्रेस केन्द्रिय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र पालिका सभापति जेठा तामाङ ले खादा अबिर लगाई स्वागत गर्नुभएको थियो ।कार्यक्रम वडा अध्यक्ष बिजय योञ्जन को सभापतित्व मा भएको थियो।