सम्पर्क

नगर सभा सदस्यहरूलाइ न्यायीक समिति सम्बन्धि अभिमुखीकरण

 

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार नगरका वडा न्यायीक समितकिा पदाधिकारीहरु तथा मेलमिलापकर्ताहरुलाइ एक दिने प्रशिक्षण दिएको छ । नगर न्यायिक शाखाको आयोजनामा नगर सभाका सदस्यहरूका लागि न्यायिक समितिको अवधारणा र कार्यान्वयनको सवालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको दिइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले न्यायसम्बन्धी विषयवस्तुप्रति स्पष्ट भएर जीवन व्यवहारमा लागू गर्नुपर्ने बताउँनु हुँदै कार्यक्रममा सहभागी सबैलाई अभिमुखीकरण बाट प्राप्त ज्ञान तथा जानकारीलाई जनसमुदाय सम्म पु¥याउन पर्नेमा जोड दिनु भयो । कार्यक्रमको अध्यक्षता ष्रिरहनु भएको नगर उप–प्रमुख सीता थापाले लेकार्यक्रममा न्यायिक समितिले हालसम्म गरेका कार्यहरू समेटिएको “न्यायिक संगालो” प्रकाशित गर्ने तयारीमा रहेको बताउदै मेलमिलापकर्ता प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन समेत सुझावहरू संकलन हुने अपेक्षा रहेको बताउँनु भयो । नगरको सभाहलमा भउको कायृक्रमको सञ्चालन न्यायीक शाखाका प्रमुख दुर्गा ढुङ्गेलले सञ्चालन गनएु भएको थियो भने जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेल साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली लगाएतले प्रशिक्षण दिनु भएको थियो