सिन्धुपाल्चोक जिल्लाको लिसखुंपाखर गाँउपालिकाले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले लिसंखुपाखर २, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा सहभागी नहुन पालिका अध्यक्षले जारी गरेको बिज्ञेप्तीलाइ स्थानीयले बेवास्था गरे पछी आफैद्धारा गाँउपालिकाको लेटरप्याडमा प्रकाशति बिज्ञेप्तीलाइ पालिका अध्यक्ष राजु लामाले सामाजीक सञ्जाल मार्फत उद्धघाटन कार्यक्रमलाइ अबरुद्ध नगर्न अनुरोध गर्नु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष राजु लामाले विज्ञप्ति निकाल्दै भ्रष्टाचार अभियोगमा सांसद पदबाट निलम्बित व्यक्तिबाट कुनै कार्यक्रमको उद्घाटन हुनु संविधान, प्रचलित कानुन तथा स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लङ्घन हुने ठहर गरेको बताउँदै उद्धघाटन गर्न नदीने जानकारी दिए पछी नेपाली काँग्रेसका कार्यकर्ता सहीत उपभोक्ताहरु आक्रोसित भएका थिए । उद्धघाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पुर्ब मन्त्री बस्नेतले बजेट हालेर बिकास गर्नु अनी आफै उद्धघाटन गर्नु भन्नु हुँदै आफ्नो पहलमा बजेट बिनियोजन गरेकाले आफैले उद्धघाटन गर्न पर्छ भन्ने आम नागरिकको माग भएकाले आफु उद्धघाटन गर्न आएको बताउँदै जनताको दुःख सुखमा साथ दिएर अगाडी बढ्न नेताहरुलाइ सुझाब दिनु भयो । उँहाले हरेक बिकासका कार्यक्रमहरु कसले कसरी गरेका छन भनेर जनता ले मुल्याङ्कन गर्ने हो भन्नु हुँदै नेपाली काँग्रेसले गरेका बिकासका कार्यक्रामहरु देखेर कम्युनिष्ट हरु अतालिएको बताउँनु भयो ।
उन्हाले सुबोध सापकोटालाइ सडक कालोपत्रे गर्ने खानेपानी , स्वास्थय शिक्षामा बजेट बिनीयोजन गरेर उद्धघाटन गरे आफुले सबै भन्दा पछाडीको सिटमा बसेर ताली बजाएर स्वागत गर्ने बताउँनु भयो । उँहाले बिकासको नाममा माखो नमार्ने अनी अरुले गरेको बिकासको उद्धघाटन अबरुद्ध गर्न खोज्नेलाइ जनताले चिनेको बताउँनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापती बालकृष्ण बस्नेतले कोभिड, जुरे पहीरो, भुकम्प जस्ता प्रकोपका समयमा लुकेर आफनै परिबारकोमात्र सुरक्षामा लागेका कम्युनिष्टहरुलाइ जनताले मन नपराए पछी उग्र हुन थालेको बताउँनु हुँदै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गरेको बिकासका कारण बिपक्षी अत्तालिएको बताँउँनु भयो । यसै बिच सुनकोशी गाँउपालिकाको अबरोधका बिच मङ्गलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत बाट ठोकर्पामा स्वास्थ चौकी भवन उद्घाटन हुने भएको छ
