सम्पर्क

व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम

कौसीला नेपाली
मेलम्ची नगरपालिकाको आयोजनामा व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा  पशु शाखाका प्रमुख उपेन्द्र पण्डित, कर्मचारीहरू दीपक थापा, विनोद तामाङ,  उषा कार्की, पविन गिरि, आदेश राना मगरले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गाई भैंसीपालनको महत्त्व साथै वर्तमान अवस्थाबारे, गाई भैंसीका जातहरू बारे शाखा प्रमुख उपेन्द्र पण्डितले जानकारी गराउनु भयो ।
गाई भैंसी पालन गर्ने धेरैले तरिकाहरू छन् । तर कुन तरिकाबाट पाल्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका  हावापानी ,आहारको उपलब्धता, सामाजिक परम्परा ,जनशक्तिको उपलब्धता एवम् बजारको व्यवस्थामा निभर गर्दछ । कार्यक्रम मा सहभागीलाई दीपक थापाले जानकारी गराउनुभयो ।  कार्यक्रममा सहभागी महिला तर्फमा  राधाकुमारी  बन्जाराले ३ दिने तालिममा सिकेका कुरा भन्नुभयो ।
पुरुष तर्फमा दीपेन्द्र गुरागाईँले आफैले दाना कसरी उत्पादन गर्नै गोठ स्थापना कसरी गर्ने भन्दै हामीले यहाँ आएर सिक्नु भन्दा पनि प्राक्टिकल रूपमा सिक्न पाए राम्रो हुने जिज्ञासा राख्नु भयो ।
नगरपालिकाका २६ जना उपस्थित रहेका थिए  । कार्यक्रममा मेलम्ची नगरपालिका वडा न ११ को वडा सदस्य प्रतिमा धितालले आज सिकेका कुरा भोलि लागू गर्न, विभिन्न तालिमहरू आई रहने र  त्यस्ता तालिममा सहभागी भएर हरेक कुरा सिक्न आग्रह गर्नुभयो ।
जेठ ७ गते नगरपालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिम  आज  सम्पन्न भएको हो ।