सिन्धुपाल्चोक जिल्ला, चौतारासाँगाचोकगढी नगरपालिका–१४ मा कृषकहरूलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ ।
वडा कार्यालयको अनुदानमा जनमिलन बचत तथा ऋण सहकारी संस्था मार्फत् प्रति किलो रु १६० मा बीउ वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कृषकहरूको मागका आधारमा करिब १,४०० किलो धानको बीउ आवश्यक परेकोमा हालसम्म १,१०० किलो वितरण भइसकेको र बाँकी ३०० किलो बीउ छिट्टै ल्याएर वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि वडा कार्यालयले मकैको बीउ पनि सहुलियत दरमा वितरण गरेको थियो । यस कार्यक्रमले कृषकहरूलाई समयमै बीउ उपलब्ध गराई उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।