नेपाली काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएर र राज्यलाइ राम्रो गर्न खोज्दा आफुलाइ अहीले मुद्धा दर्ता गराएर गलत भएको देखाउँन खोजीएको बताउँनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । भिओआईपी कल बाइपासमार्फत एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको ,निजी टेलिकम कम्पनीले राज्यलाई अर्बौैंको राजश्व नोक्सान पारिरहेको सन्दर्भमा राज्य चुप लागेर बस्न नसक्ने भएकाले आफूले सो निर्णय गरेको बस्नेतले पटक पटक सर्बजनकि रुपमा बताउँदै आँयनु भएको छ । बस्नेतले राजनिती प्रतिशोध हुन थालेको र राम्रा काम गर्नेहरुले सरकार छाड्ने बितीक्कै जेल जान पर्ने हुन थालेको यसमा आफु पनी राम्रा काम गरेकै कारण जेल जान तैयार हुन पर्ने बताउँनु भएको केही दिनमै बिशेष अदालतमा मुद्धा साँच्चीकै प्रतिशोध जस्तै देखिन्छ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले समेत प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममार्फत टेरामक्स प्रविधि खरिद प्रकरणको फाइल खोलेर नेपाली कांग्रेसका नेता मोहन बस्नेतमाथि सरकारले प्रतिशोध साँधेको बताउँनु भएको छ। पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई बलीको बोको बनाइएको जस्तै टेरामक्समा बस्नेतमाथि प्रतिशोध साँधिएको बताउँनु भएको छ। ७० करोडको हाकाहाकी डिलवाला गोकुल बाष्कोटाको काण्ड यही टेरामक्स प्रकरणकै बेला हो तर त्यत्रो प्रमाणित अडियोवाला सबुत प्रमाण भएका पुर्व मन्त्री बिरुद्ध अख्तियारले आँखा समेत नदेखे झै गरि चिम्लिनुलाई प्रतिशोधपुर्ण भन्ने कि नभन्ने भनी प्रश्न समेत गर्नु भएको छ। नितिगत निर्णय गराउने पुर्वमन्त्री बस्नेतलाई अभियोग लगाउँदै गर्दा बजेट निकासा गराउने तक्कालिन पुर्वमन्त्रीहरु गोकुल बास्कोटा, ज्ञानेन्द्र कार्की र सचिबहरु डा. बैकुण्ठ अर्याल र बिनोद प्रकाश सिंह सहितका अधिकारीहरु र तत्कालिन अर्थमन्त्रालयका मन्त्री र अधिकारीहरु के जिम्मेवार हुदैनन होला र भनी प्रश्न उठेका छन ।
